काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला ८०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा ५० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा छापावाल सुन प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा ५० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला २ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला दुई हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा आज एक औंस सुन तीन हजार ३०० अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।






प्रतिक्रिया दिनुहोस्