Skip to content

भरतपुर महानगरको बजेट ५ अर्ब १९ करोड बढी, गौतम बुद्ध क्रिकेट रंगशालाका लागि ४ करोड रुपैयाँ

nabil
global ime

चितवन । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि पाँच अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँ बजेट प्रस्तुत गरेको छ । महानगरको १७औँ नगरसभामा उपप्रमुख चित्रसेन अधिकारीले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका हुन् ।

कूल बजेटको स्रोत व्यवस्थापनका लागि आन्तरिक आयबाट एक अर्ब ८० करोड रुपैयाँ, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट दुई अर्ब १५ करोड ७६ लाख रुपैयाँ, सङ्घीय राजस्व बाँडफाँडबाट ३१ करोड ९१ लाख र प्रदेश राजस्व बाँडफाँडबाट १४ करोड ४ लाख ४१ हजार रुपैयाँ अनुमान गरिएको छ । जनसहभागिताबाट ५ करोड रुपैयाँ, बैंक मौज्दातबाट ७० करोड र सडक बोर्ड नेपालबाट तीन करोड रूपैयाँप्राप्त हुने प्रक्षेपण गरिएको सभामा जानकारी दिइयो ।

बजेटले अधुरा तथा क्रमागत आयोजनाको निरन्तरता, सहरी पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई मुख्य प्राथमिकतामा राखेको उपप्रमुख अधिकारीले बताए । आगामी आर्थिक वर्षको बजेटले बजेटले सहरी पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेको सभामा जानकारी दिइयो ।

अधुरा तथा क्रमागत आयोजना सम्पन्न गर्न ६० करोड रुपैयाँ, बहुवर्षीय ठेक्काको भुक्तानीका लागि २४ करोड ५० लाख र वडास्तरीय आयोजनाका लागि ९४ करोड ७८ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको अधुरो कार्य सम्पन्न गर्न साझेदारीका लागि चार करोड र महानगरको प्रशासनिक भवन निर्माणका लागि चार करोड रुपैयाँ विनियोजन गरिएको छ । कृषि तथा पशुविकास कार्यक्रमका लागि ९ करोड रूपैयाँ विनियोजन गरिएको अधिकारीले बताए ।

शिक्षा र स्वास्थ्यः गुणस्तरीय शिक्षामा पहुँच बढाउन शैक्षिक कार्यक्रमका लागि १० करोड ५० लाख रुपैयाँ, स्वास्थ्य सेवातर्फ भरतपुर अस्पतालमा निः शुल्क बहिरङ टिकटसहित स्वास्थ्य सेवा सुधारका लागि तीन करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरिएको छ ।

सामाजिक विकास र रोजगारीः ‘छोरीहरूको लागि बाल उमङ्ग जीवन बिमा’ कार्यक्रम, खेलकुद क्षेत्रको बिकासका लागि बजेट, उद्यमशिलता विकास र रोजगारी सिर्जना, वातावरण सरसफाई, खानेपानी निःशुल्क, सरसफाइ र हरियाली प्रवर्द्धन जस्ता कार्यक्रमलाई उच्च प्रथामिकतामा राखेर काम गरिएको सभामा उपप्रमुख अधिकारीले जानकारी दिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T