काठमाडौं । नेपाली बजारमा असार ९ गते, सोमबार, सुनको मूल्य स्थिर आइतबार कै यथावत रहेको छ । आइतबार सुन आईतबारको बजारमा कायम मूल्यलाई नै आधार मानेर कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यस दिन चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला दुई हजार १७० रुपैयाँमा कारोबार भईरहेको छ ।
आईतबारको बजारमा चाँदी प्रतितोला दुई हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।






प्रतिक्रिया दिनुहोस्