Skip to content

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

nabil bank

मन्थली । गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ । हिजोआज गर्मी बढिरहेको बेला रामेछापमा भने जुनारबाट उत्पादन गरिएको स्क्वास पर्याप्त बिक्री हुने गरेको हो । विभिन्न होटल तथा पसल एवं काजभोमा यस बेला जुनारको स्क्वासलाई जुस बनाएर खानेको सङ्ख्या पनि बढेको छ ।

विशेष गरी काठमाडौँ र तराईका विभिन्न जिल्लामा कोसेलीका रुपमा लैजानका लागि बढी बिक्री हुने गरेको यो स्क्वास दैनिक जिल्लामा भएका दुईवटा उद्योगबाट गरी झण्डै करिब साढे तीन लाखको हाराहारीमा बिक्री हुने गरेको उत्पादक बताउँछन् । जिल्लामा डिलक्स एग्रो फरेस्ट्री प्रोडक्ट प्रालि र मन्थली डिलक्स एग्रो फरेस्ट्री प्रालि नामका दुई वटा स्क्वास उद्योग रहेका छन् ।

उनीहरुले जुनारका अलावा, कागती, किवी, अमला र बेलका जुस पनि उत्पादन गर्ने गरेका छन् । जिल्लामा जुनारको स्क्वास प्रतिलिटर रु एक सय ५० किवीको प्रतिलिटर दुई सय रुपैयाँमा बिक्री हुने गरेको छ । एक भागमा चार भाग पानी मिसाएर पिउनुपर्ने स्क्वास रामेछाप जिल्ला सदरमुकाम मन्थलीलगायत जिल्लाका विभिन्न बजार केन्द्र, सिन्धुलीको खुर्कोटलगायतका विभिन्न बजार केन्द्र, दोलखा, ओखलढुङ्गा, काठमाडौँ, ललितपुर भक्तपुर र तराईका विभिन्न जिल्लामा कोसेलीका रुपमा लैजाने गरेको र दैनिकरुपमा दुवैजनाको कम्पनीबाट गरी रु तीन लाख ५० हजारको बिक्री हुने गरेको डिलक्स एग्रो फरेस्ट्री प्रालि रामेछापका सञ्चालक रामबाबु गिरीले बताए।

त्यसैगरी गर्मीको समयमा चिया पिउनेको भन्दा बढी जुस पिउने आफ्नो कम्पनीमा आइर जुस खाने र किनेर लैजाने गरेको मन्थली डिलक्स एग्रो फरेस्ट्री प्रालि रामेछापका सञ्चालक लोकेन्द्र श्रेष्ठले बताए। उनले भने, ‘बाहिरका मल्टिनेसनल कम्पनीबाट उत्पादित ड्यु, कोक फेन्टाजस्ता पेय पदार्थलाई निरुत्साहित गरी स्थानीय उत्पादनलाई बिक्री वितरणमा राज्यले सहज बनाई सहयोग गर्ने हो भने यसको बिक्री अझै बढ्ने थियो । तर आफूजस्ता युवा उद्यमीलाई राज्यले कुनै सहयोग नगरेको आरोप पनि उहाले लगाए।

यता मन्थली नगरपालिकाका नगर प्रमुखले भने युवा उद्यामीलाई बैंकसँग समन्वय गराइदिएर बिना धितोमा वा सस्तो ब्याजमा उद्यम कर्जाका लागि सिफारिस गर्ने गरेको बताए । कात्तिकदेखि मङ्सिर पुससम्म जुनारको सिजनमा जुनार कृषकसँग बगैंचा नै खरिद गरेर त्यसलाई प्रसोधन गरी झोल बनाएर राख्ने अनि फागुनदेखि असोजसम्म आवश्यक कच्चा पदार्थको प्रयोग गरी स्क्वास बनाएर बिक्री गर्ने गरिएको छ । स्थानीयस्तरमै पाइने जुनार, कागती, किवी अमला, बेलको झोललाई आवश्यक कच्चा पदार्थ प्रयोग गरी स्क्वास बनाउने गरिएको छ ।

गर्मी बढेसँगै जिल्लामा यसको राम्रो व्यापार हुने गरेको स्थानीय व्यवसायी चन्द्रबहादुर श्रेष्ठले बताए। स्थानीयस्तरमा उत्पादन हुने जुनार, अमला कागती, किवी, बेलजस्ता वस्तुको स्क्वास बनाएर बिक्री गर्दा एकातिर जुनार, कागती किवी कृषकको फल नबिक्ला भन्ने समस्या नहुने र अर्कोतर्फ धेरैलाई रोजगारीको समेत सृजना हुने हुनाले यस्ता उत्पादनको व्यवसाय प्रवद्र्धनका लागि सम्बन्धित निकायले पहल गर्नुपर्ने व्यवसायी गुञ्ज कार्कीले बताए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi