कतार । कतारमा रहेको अमेरिकी सेनाको क्याम्पमा इरानले आक्रमण गरेपछि कतार तथा युएईले आफ्नो एयरस्पेश बन्द गरेका छन् ।
इरानमा अमेरिकाले आक्रमण गरेपछि त्यसको जवाफमा इरानले कतार र इराकमा रहेको अमेरिकी सेनाको क्याम्पमा आक्रमण गरेको हो ।
यसले मध्यपूर्वमा थप तनाव बढ्ने देखिएको छ । मध्यपूर्वमा २५ लाखभन्दा बढी नेपाली रोजगारीमा लागि रहेका छन् ।
कतार तथा युएईले तत्कालको लागि आफ्नो एयरस्पेश बन्द गरेका छन् । मध्यपूर्वका देशमा ४० हजारभन्दा बढी अमेरिकी सैनिक रहेका छन् ।






प्रतिक्रिया दिनुहोस्