काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँले घटेकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९२ हजार रुपैयाँमा कारोबार भइहेको छ । मंगलबार सुन १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य २० रुपैयाँ घटेर दुई हजार १ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला दुई हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।






प्रतिक्रिया दिनुहोस्