मोरङ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि यहाँका १६ स्थानीय तहले १६ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएका छन् । जिल्लामा रहेका १७ स्थानीय तहमध्ये असार १० गतेभित्रै ग्रामथान गाउँपालिकाबाहेकका १६ स्थानीय तहहरुले नीति तथा कार्यक्रम र बजेट सभामा पेस गरेका छन् ।
जिल्लाका १६ स्थानीय तहले आगामी आर्थिक वर्षका लागि १६ अर्ब ५७ करोड ३६ लाख पाँच हजार ६४४ रुपैयाँ बराबरको बजेट ल्याएका छन् । जिल्लामा एक महानगर, आठ नगरपालिका र आठ गाउँपालिका रहेकामा ग्रामथान गाउँपालिकाबाहेका १६ वटा स्थानीय तहले बजेट नगर तथा गाउँ सभामा पेस गरेका हुन् ।
ग्रामथान गाउँपालिकाले आन्तरिक किचलोका कारण असार १० गते भित्रमा बजेट पेश गर्न सकेन । मोरङमा सबैभन्दा बढी विराटनगर महानगरपालिकाले चार अर्ब ४० लाख रुपैयाँ बजेट ल्याएको छ ।
यस्तै सुन्दरहरैँचा नगरपालिकाले एक अर्ब ७१ करोड २७ लाख ५९ हजार १८० रुपैयाँ, उर्लाबारी नगरपालिकाले एक अर्ब १८ करोड ४० लाख ५४ हजार ५०० रुपैयाँर बेलबारी नगरपालिकाले एक अर्ब नौ करोड ४५ लाख ४७ हजार रुपैयाँको बजेट आगामी आर्थिक वर्ष लागि पेस गरेका छन् ।
यसैगरी रतुवामाई नगरपालिकाले तीन करोड ८५ लाख ११ हजार रुपैयाँ, पथरीशनिश्चरे नगरपालिकाले ८१ करोड ९९ लाख ९१ हजार रुपैयाँ, रंगेली नगरपालिकाले ७७ करोड ७७ लाख आठ हजार ५८ रुपैयाँ, सुनवर्षी नगरपालिकाले ६७ हजार १३ लाख २२ हजार र लेटाङ नगरपालिकाले ६१ करोड छ लाख २८ हजार २०० रुपैयाँ बराबरको बजेट पेश गरेका छन् ।
अन्य गाउँपालिकाहरुमा केराबारीले ८४ करोड ८५ लाख आठ हजार रुपैयाँ, मिक्लाजुङले ७९ करोड ९२ लाख ४९ हजार ७० रुपैयाँ, बुढीगंगाले ७६ करोड ३० लाख ९३ हजार रुपैयाँ, कानेपोखरीले ६७ करोड २९ लाख ९६ हजार रुपैयाँ, जहदाले ६० करोड २७ लाख ९० हजार ५२५ रुपैयाँ, धनपालथानले ५९ करोड एक लाख ७३ हजार ३११ र कटहरीले ५८ करोड ९१ लख ४४ हजार ५०० रुपैयाँ बराबरको बजेट ल्याएका छन् ।






प्रतिक्रिया दिनुहोस्