Skip to content

भोजपुरका ९ पालिकाको आयो बजेट तथा कार्यक्रम

भोजपुर । पहाडी जिल्ला भोजपुरमा रहेका स्थानीय तहहरुले आर्थिक वर्ष २०८२/८३ का लागि नगर तथा गाउँसभाबाट बजेटसहितको नीति कार्यक्रम सार्वजनिक गरेका छन् । जिल्लाका दुई नगरपालिका र सातवटै गाउँपालिकाको बजेटसहितको नीति कार्यक्रम प्रस्तुत गरेका हुन् ।

षडानन्द नगरपालिकाले सबैभन्दा बढी र पूर्वी पौवादुङमा गाउँपालिकाले सानो आकारको जेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । षडानन्द नगरपालिकाले ८९ करोड ६१ लाख ६१ हजार रुपैयाँ बराबरको नीति तथा कार्यक्रम ल्याएको छ । पौवादुङमाले ४० करोड ६७ लाख ६१ हजार रुपैयाँको बजेट आगामी आर्थिक वर्षका लागि ल्याएको छ ।

भोजपुर नगरपालिकाले ६५ करोड ११ लाख ८० हजार रुपैयाँ, टेम्केमैयुङ गाउँपालिकाले ५७ करोड आठ लाख ५१ हजार रुपैयाँ, साल्पासिलिछो गाउँपालिकाले ५१ करोड ८५ लाख ५० हजार रुपैयाँ तथा अरुण गाउँपालिकाले ४८ करोड ८९ लाख ३६ हजार रुपैयाँ बराबरको बजेटमा रहेर नीति तथा कार्यक्रम ल्याएको छ ।

यसैगरी, हतुवागढी गाउँपालिकाले ४७ करोड ७० लाख ४२ हजार रुपैयाँ, आमचोक गाउँपालिकाले ४७ करोड तीन लाख ५८ हजार र रामप्रसाद राई गाउँपालिकाले ४६ करोड ८१ लाख ९४ हजार ४०७ रुपैयाँ बराबरको बजेट ल्याएको छ । पालिकाभित्रका सबै क्षेत्रलाई समेट्ने गरी बजेट अनुसारको नीति तथा कार्यक्रम ल्याएको पालिकाहरुले उल्लेख गरेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima