काठमाडौं । नेपाली बजारमा बिहीबार सुन प्रतितोला ३०० रुपैयाँ बढेको छ भने चाँदी ३५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९२ रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला दुई हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला दुई हजार १ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।






प्रतिक्रिया दिनुहोस्