Skip to content

अर्थमन्त्री पौडेलले भने- बाह्य ऋण पुँजी निर्माणमा खर्च गरिनेछ

nabil bank

काठमाडौं । शनिबार प्रतिनिधिसभा बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बाह्य ऋण पुँजी निर्माणमा नै खर्च गरिने बताएका छन् ।

अर्थमन्त्रीले भने प्रतिनिधिसभा बैठकमा राष्ट्र ऋण उठाउने विधेयकमाथिका प्रश्नको जवाफ दिँदै वैदेशिक ऋण, अनुदानलाई राष्ट्रिय पुँजी निर्माणमा लगाइने बताएका हुन्।

बाह्य ऋण साधारण खर्चका निम्ति खर्च हुनु हुँदैन भन्ने पक्षमा सरकार रहेको उनले उल्लेख गरे । ‘हामी स्पष्ट हुन जरुरी छ । साधारण खर्चका लागि ऋण लिने होइन । पुँजीगत खर्चका लागि लिनुपर्छ,’ उनले भने, ‘उत्पादन, उत्पादकत्व बढाउन ऋण लिनुपर्छ । यसका निम्ति आएका सुझावहरूप्रति सम्मान गर्न चाहन्छु । सरकारको दृष्टिकोण पनि त्यही नै हो ।’

उनले अगाडि भने, ‘चालु र आगामी आवको राष्ट्र ऋणको तुलना गर्दा राजस्वले व्यहोर्ने दायित्व बढाएर प्रस्ताव गरिएको छ । यसको अर्थ हामी ऋणलाई पुँजी निर्माणको क्षेत्रमा खर्च गछौँ भन्ने नै हो ।’ विगतको दायित्व धेरै भएकाले हाल संयमित तवरले ऋण लिइएको अर्थमन्त्री पौडेलले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime