काठमाडौं । चालु आर्थिक वर्ष सकिन अब १५ दिन मात्रै बाँकी छ । आव सकिन लाग्दा पनि सरकारले गर्ने खर्च भने निकै नै सुस्त रहेको छ ।
आर्थिक वर्ष सकिन १५ दिन मात्रै बाँकी रहँदा सरकारले गरेको पुँजीगत खर्च ४५ प्रतिशत पनि पुग्न सकेको छैन । सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँको बजेट ल्याएको थियो ।
जसअनुसार १४ गतेसम्म सरकारले ७२..६६ प्रतिशत अर्थात् १३ खर्ब ५३ अर्ब ६५ करोड २ लाख रुपैयाँ खर्च भएको छ । आगामी १५ दिनमा सरकारले ५ खर्ब ६ अर्ब ६५ करोड २८ लाख रुपैयाँ खर्च गर्न सकेको खण्डमा सरकारको बजेट पूर्णरुपमा खर्च हुनेछ । अहिलेसम्म सरकारले चालु खर्चतर्फ ८ खर्ब ९५ अर्ब ३५ करोड ३८ लाख रुपैयाँ खर्च भएको छ । यो भनेको चालु शीर्षकमा छुट्याएको खर्चको ७८.५१ प्रतिशत हो । सरकारले चालु शीर्षकमा ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख रुपैयाँ विनियोजन गरेको थियो ।
चालु शीर्षकमा विनियोजन भएको खर्च सरकारको प्रशासनिक, कर्मचारीको तलब भत्ता, सामाजिक सुरक्षा, सार्वजनिक ऋणको ब्याज भुक्तानी, वित्तीय हस्तान्तरण, सरकारले गर्ने विभिन्न सभा सम्मेलन, सरकारले दिने ब्याज अनुदान, विभिन्न मेसिनरी तथा अन्य सार्वजनिक सम्पत्तिको मर्मतमा खर्च हुने गरेको छ ।
सरकारले असार १४ गतेसम्म पुँजीगत खर्च ४४.७६ प्रतिशत अर्थात १ खर्ब ५७ अर्ब ७० करोड ४८ लाख रुपैयाँ खर्च भएको छ । सरकारले पुँजीगत शीर्षकका लागि ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको थियो ।
सरकारले पुँजीगत खर्च २ खर्ब २२ अर्ब ३४ करोड ८९ लाख रुपैयाँ खर्च गर्न सकेको छैन । यस्तै सरकारले वित्तीय व्यवस्थापनतर्फ सरकारले ७६.८२ प्रतिशत खर्च गरेको छ । चालु आवका लागि सरकारले वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब २८ करोड ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमध्येबाट १ खर्ब ९४ अर्ब ६४ करोड ९२ लाख रुपैयाँ बजेट खर्च भएको छ ।
यस्तै सरकारले अहिलेसम्म ७३.८२ प्रतिशत राजस्व संकलन गरेको छ । चालु आवमा १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको सरकारले ९ खर्ब ६२ अर्ब १९ करोड ५४ लाख रुपैयाँ मात्रै संकलन भएको छ ।
कर राजस्व तर्फ ७३.७७ प्रतिशत र गैरकरतर्फ ७४.३ प्रतिशत संकलन भएको छ । सरकारले अनुदानतर्फ पाउने रकम लक्ष्यको ३७.६१ प्रतिशत रहेको छ । चालु आवको बजेट वर्षमान पुनले ल्याएका हुन् । यो बजेट कार्यान्वयन वर्तमान अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले गरिरहेका छन् ।






प्रतिक्रिया दिनुहोस्