Skip to content

वाइवाइ क्वीक हट एण्ड स्पाइसी लोकप्रिय बन्दै

nabil bank

काठमाडौं । नेपालमा चाउचाउ उत्पादन सुरु भएको दशकौं भइसक्यो, तर केही वर्ष अघिसम्म बजारमा अत्यन्तै पिरो स्वादको चाउचाउ भने दुर्लभ थियो ।

उपभोक्ताको बदलिँदो स्वाद र रुचिसँगै हाल बजारमा एक चाउचाउ ब्रान्डले विशेष पहिचान बनाउँदै गएको छ । सिजी ग्रुपद्वारा उत्पादित ‘वाइवाइ क्वीक हट एण्ड स्पाइसी’।

करिब चार वर्षअघि कोभिड महामारीको समयमा सार्वजनिक भएको यो चाउचाउ अहिले देशको कुनाकाप्चासम्म लोकप्रिय बनेको कम्पनीको दाबी छ । सहरदेखि गाउँसम्म, सुपरस्टोरदेखि किराना पसलसम्म वाईवाई हट एण्ड स्पाइसी उपभोक्ताको प्राथमिक रोजाइ बन्न पुगेको जनाइएको छ । यो उत्पादन विशेष बनाउने पक्ष भनेको यसको स्वाद मात्र होइन, यसको निर्माण प्रक्रिया र सामग्री पनि हो ।

स्वादमा हट र ट्वाक्क भएको यो चाउचाउको मुख्य विशेषता नेपालमै उत्पादित अकबरे खुर्सानी हो । जुन इलाम, ताप्लेजुङ, धनकुटा लगायतका पहाडी जिल्लाका किसानहरूले उत्पादन गरेका हुन् । स्थानीय तेल र मसला मिसाएर बनाइएको यो चाउचाउले नेपालीपनको स्वादलाई थप प्रगाढ बनाएको कम्पनीको दाबी छ ।

स्वदेशी उत्पादनमा आधारित रहेर बनाइएको चाउचाउमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन तथा मिनिरल्स समेत समावेश गरिएको जनाइएको छ । जसले यसलाई स्वादिलोसँगै स्वास्थ्य अनुकूल बनाएको छ ।

कम्पनीका अनुसार, उपभोक्ताको स्वाद, ट्रेन्ड र जीवनशैली बुझेर नै वाईवाई हट एण्ड स्पाइसी बजारमा ल्याइएको जनाएको छ । विशेषगरी युवापुस्तालाई लक्षित गरी तयार पारिएको यो चाउचाउको प्याकेजिङ डिजाइनसमेत एआइको सहयोगमा बनाइएको हो ।  जसले अहिलेको ‘जेन जेड’ पुस्तालाई आकर्षित गर्न सफल देखिन्छ ।

१०० ग्रामको प्याकमा ५० रुपैयाँ पर्ने यो उत्पादन अहिले बजारमा १० प्याकेटको सानो कार्टुन र २० प्याकेटको ठूलो कार्टुनमा उपलब्ध  छ। बजारको मागअनुसार मात्र उत्पादन भइरहेको यो चाउचाउको माग दिनानुदिन बढ्दो रहेको जनाइएको छ ।  कम्पनीले यसको वितरण सञ्जाललाई देशव्यापी रूपमा विस्तार गर्ने विश्वास लिएको जनाएको छ।

नेपाली स्वाद, नेपाली सामग्री, नेपाली उपभोक्ताको चाहना र अन्तर्राष्ट्रिय स्तरको उत्पादनस्तरलाई एउटै प्याकेटमा समेटेर ल्याइएको वाईवाई क्वीक हट एण्ड स्पाइसी आजको पुस्ताका लागि मात्र नभई नेपाली चाउचाउ उद्योगका लागि पनि एक प्रेरणादायक मोडल बनेको छ । सस्तो, स्वादिलो, पोषिलो र स्वदेशी-यी सबै विशेषता बोकेको यो चाउचाउ केवल एउटा चाउचाउ होइन, नेपाली स्वादको आत्मविश्वास हो ।

वाइवाइ केवल चाउचाउ मात्र होइन, यो नेपालबाट विश्वलाई चखाइएको स्वाद र नेपाली ब्राण्डको सफलताको कथा पनि हो । सार्वजनिक गरिएको वाईवाई क्वीक हट एण्ड स्पाइसी संस्करणले वाईवाईको उपस्थिति नेपालमा मात्र होइन । अन्तर्राष्ट्रिय बजारमा समेत थप सशक्त बनाउने जनाएको छ । वाइवाइले स्वादसँगै नेपालको नाम पनि विश्वभर फैलाइरहेको छ भने यसले नेपाली पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा अझ उचाइमा पुर्‍याउने दिशामा अग्रसर रहेको कम्पनी दाबी छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime