काठमाडौं । कुखुराको दाना उत्पादन गर्ने ग्लोबल एग्रो प्रोडक्ट्स कम्पनीले चालु आर्थिक वर्षको ९ महिनामा २ अर्ब ८६ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।
सन् २०२४ को अन्त्यसम्म ३ अर्ब ४० करोड ४० लाख रुपैयाँ व्यापार गरेको थियो । सन् २०२३ मा २ अर्ब ८२ करोड ३० लाख रुपैयाँ, सन २०२२ मा २ अर्ब ४४ करोड रुपैयाँ र सन् २०२१ मा कम्पनीले २ अर्ब ५६ करोड १० लाख रुपयाँ बराबरको व्यापार गरेको छ । कम्पनीको व्यापार वर्षेनी बढ्दो अवस्थामा रहेको छ ।
यसैगरी, यस कम्पनीको ओबिटा (ब्याज, सञ्चालन नाफा र कर सहितको आम्दानी) पनि बढेको छ । सन् २०२४ मा ६.२ प्रतिशत रहेको कम्पनीको ओबिटा चालु आर्थिक वर्षको ९ महिनासम्म आउँदा ६.८ प्रतिशत पुगेको छ । यस कम्पनीको ओबिटा सन् २०२३ का ७.२ प्रतिशत थियो । सन् २०२४ मा कम्पनीको आम्दानी सन् २०२३ को भन्दा घटेको हो । सन् २०२२ मा यसको यस्तो आम्दानी ५.७ प्रतिशत, सन् ६.३ प्रतिशत ओबिटा थियो ।
यस कम्पनीले १ अर्ब ३० करोड ६० लाख रुपैयाँ बराबरको ऋणको रेटिङ गराएको छ । कम्पनीको ऋणलाई इक्रा नेपालले ‘केयरएनपि’ ए–३ रेटिङ पाएको छ । यस रेटिङले कम्पनीको ऋण तिर्न सक्ने क्षमता कम्पनीको छोटो अवधिको ऋण तिर्न सक्ने सम्भावना छ, तर यो पर्याप्त भने होइन भन्ने बुझाउँछ ।
ग्लोबल एग्रो प्रोडक्ट्स कम्पनी सन् २०१२ स्थापना भएको कम्पनी हो । यस कम्पनीले कुखुरा तथा अन्य पशुपालनका लागि प्रयोग हुने प्यालेट र म्यास फिड उत्पादन गरिहेको छ । हाल कम्पनीको उत्पादन क्षमता प्यालेट फिडका लागि प्रति घण्टा १८ मेट्रिक टन र म्यास फिडका लागि प्रति घण्टा ५ मेट्रिक टन रहेको छ ।
कम्पनीले ‘ग्लोबल’ ‘अम्रित’ र ‘उन्नत’ ब्रान्ड नाममा आफ्ना उत्पादनहरू बिक्री गर्दै आएको छ । यस कम्पनीमा ९ जना व्यक्तिहरूको सेयर लगानी रहेको छ । उक्त सेयरधनीको ६५ प्रतिशत सेयर स्वामित्व रहेको कम्पनीले जनाएको छ । कम्पनीको उधोग चितवनमा रहेको छ ।






प्रतिक्रिया दिनुहोस्