Skip to content

नेपालमा सामसङ ‘ग्यालेक्सी बड्स कोर’ सार्वजनिक, कति छ मूल्य ?

nabil
global ime

काठमाडौं । नेपालको अग्रणी प्रविधि ब्रान्ड सामसङले आफ्नो सबैभन्दा किफायती ट्रु वायरलेस इयरफोन ग्यालेक्सी बड्स कोर नेपाली बजारमा सार्वजनिक गर्ने घोषणा गरेको छ।

आज (मंगलबार) देखि उपलब्ध हुने यी बड्सहरू दैनिक उपयोगका लागि डिजाइन गरिएका छन्। जसले प्रिमियम फिचरहरू जस्तै उत्कृष्ट साउन्ड, एक्टिभ न्वाइज क्यान्सिलेसन र ग्यालेक्सी एआइको इन्टरप्रिटर सात हजार ३९९ रूपैयाँको किफायती मूल्यमा उपलब्ध गराएको छ।

कालो र सेतो रंगमा उपलब्ध ग्यालेक्सी बड्स कोर नेपालभर सामसङका आधिकारिक बिक्रेताहरूबाट बिक्री हुनेछ । ग्यालेक्सी बड्स कोरले डायनामिक ड्राइभरहरूको प्रयोग गरी डिप इप्रेसिभ साउन्ड तथा शक्तिशाली वास प्रदान गर्दछ।

एनसी र कल न्वाइज रिडक्सनको साथमा प्रयोगकर्ताहरूले धेरै हल्ला भएको ठाउँमा पनि स्पष्ट सँग कुरा गर्न सकिने कम्पनीको भनाइ छ। तीनवटा माइक प्रणालीले उत्कृष्ट भोकल स्पष्टता सुनिश्चित गर्छ, जसले यी इयरबड्सलाई फोन कल, संगीत वा मिटिङका लागि उपयुक्त बनाउँछ।

प्रत्येक इयरबडमा सुरक्षित र सहज विङटिप्स छन् जसले कठिन गतिविधिहरूको क्रममा पनि आरामदायी महसुस गराउँछ। यसको प्रमुख फिचरहरू मध्ये एक हो ग्यालेक्सी एआई इन्टरप्रिटर । जसले आमने सामने कुराकानीको क्रममा दुईतर्फी रियल–टाइम अनुवाद प्रदान गर्छ। प्रयोगकर्ताले आफ्नै भाषामा बोल्दा इयरबड्सले त्यसलाई तुरुन्तै अनुवादित उत्तर प्रदान गर्नेछ।

  • यसका विशेषता
    – संगीत, कल, र भ्वाइस असिस्टेन्टका लागि टच कन्ट्रोल
    – उपकरणहरूबीच सजिलै स्विच गर्नको लागि अटो स्विच र मल्टी(डिभाइस कनेक्टिभिटी
    – सामसङ फाइन्ड एप मार्फत फाइन्ड माई इयरबड्स
    – आइपी ५४ रेटिङका साथ पानी र धुलो प्रतिरोधी
    – स्थिर र छिटो कनेक्टिभिटीको लागि ब्लुटुथ ५.४
    – चार्जिङ केससहित ३५ घण्टासम्मको ब्याट्री लाईफ (एएनसीको साथमा २० घण्टा)
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima