Skip to content

सीजी इलेक्ट्रोनिक्सद्वारा ५५ इन्जको क्यूएलईडी काराओके टिभी सार्वजनिक

nabil bank

काठमाडौं । नेपाली उपभोक्तालाई लक्षित गर्दै चौधरी समूहअन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले सीजी मिरिडिया ५५ इन्चको काराओके क्यूएलईडी टिभी सार्वजनिक गरेको छ ।

नेपाली बजारमा पहिलोपटक डिस्प्ले विथ बिल्ट इन काराओके इन्टरनेन्टमेन्ट एकैसाथ ल्याएको छ। सीजीको ‘लेभल अप’ अभियानअन्तर्गत ल्याएको यो टेलिभिजन अब हेर्ने मात्र होइनण् गाउने, रमाउने, र आफैंलाई प्रस्तुत गर्ने एक निजी स्टेज बन्दै गएको छ । हरेक नेपालीले अब सिधै आफ्नै घरबाट सेक्रेट रकस्टार खोज्न सक्नेछन् ।

क्यूएलईडी काराओके टिभी नेपाली दर्शकका लागि तयार पारिएको एक नयाँ जीवनशैली अनुभवसमेत रहेको कम्पनीको दाबी छ । ‘उच्चस्तरको क्यूएलईडी डिस्प्लेलाई इनबिल्ट कराओके प्रणालीसँग मिलाएर एउटा यस्तो उत्पादन ल्याएका छौँ जसले प्रयोगकर्तालाई गाउने, रमाउने र आफ्नै घरभित्रै परिवार तथा प्रियजनहरूसँग आफ्नो सेक्रेट रकस्टार उजागर गर्न प्रेरित गर्छ,’ विज्ञप्तिमा उल्लेख छ ।

क्यूएलईडी काराओके टिभी देशभरका सीजी डिजिटल सोरुम र देशभरका आधिकारिक बिक्रेताहरुकोमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime