Skip to content
Prabhu

सुनको मूल्य तोलामा १ हजार १ सयले घट्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा १ हजार १ सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला १ लाख ३६ हजार ५ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने १ लाख ३५ हजार ४ सय निर्धारण भएको छ ।

यस्तै, तेजाबी सुन बिहीबार तोलामा १ लाख ३५ हजार ८ सय ५० मा कारोबार भएकामा आजका लागि भने १ लाख ३४ हजार ७ सय ५० निर्धारण भएको छ । चाँदीको मूल्यमा भने परिवर्तन भएको छैन । बिहीबार जस्तै आजका लागि भने चाँदीको मूल्य तोलामा १ हजार ६ सय ४५ निर्धारण भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal