काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म चालु खाता ३ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँले बचतमा रहेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा चालु खाता २ खर्ब ३८ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा गत आवको सोही अवधिमा १ अर्ब ५१ करोडले बचतमा रहेको चालु खाता चालु आवको सोही अवधिमा समीक्षा अवधिमा २ अर्ब २६ करोडले बचतमा रहेको छ ।
यो अवधिमा खुद पुँजीगत ट्रान्सफर ८ अर्ब ९६ करोड रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५ अर्ब ४६ करोड रहेको थियो । यो अवधिमा ११ अर्ब ९ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । गत आवको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ८ अर्ब २४ करोड रहेको थियो ।
जेठ मसान्तसम्म शोधनान्तर स्थिति ४ खर्ब ९१ अर्ब ४४ करोडले बचतमा रहेको छ । गत वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४ खर्ब २५ अर्ब ६७ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा गत वर्षको सोही अवधिमा ३ अर्ब २० करोडले बचतमा रहेको शोधनान्तर स्थिति चालु आवको सोही अवधिमा ३ अर्ब ६२ करोडले बचतमा रहेको छ ।






प्रतिक्रिया दिनुहोस्