Skip to content

ट्राफिक प्रहरीद्वारा ३ करोड राजस्व संकलन

तानसेन । जिल्ला ट्राफिक कार्यालयले नियमविपरीत सवारी साधन चलाएका ५९ हजार ७५५ जनाबाट जरिवानास्वरुप ३ करोड २१ लाख ९० हजार ६ सय रूपैयाँ राजस्व संकलन गरेको छ । यो रकम आर्थिक वर्ष २०७८/७९ देखि चालु आवको जेठ मसान्तसम्मकोे हो ।

जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रवीण आचार्यका अनुसार ट्राफिक नियम उल्लङ्घन, मादक पदार्थ सेवन, निर्धारित भाडाभन्दा बढी असुली, निजी सवारीसाधनलाई भाडाका गाडीले यात्री ओसारपसार गरेझै रकम असुलीलगायत गैरकानुनी काम गरेकाहरूबाट उक्त रकम जरिवानस्वरुप संकलन भएको हो ।

तीन वर्षमा यहाँ २४३ सवारी दुर्घटना भएकामा १२४ जनाले ज्यान गुमाएका तथा ८३ जना घाइते भएका थिए । जीर्ण सडक, चालकको लापरवाही,तीव्र गति र मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने प्रवृत्तिका कारण सडक दुर्घटना बढेको उनले बताए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima