Skip to content

राजश्व सचिव घिमिरेले भने- बैंकर र व्यवसायी छुट्याउने विषयमा थप गृहकार्य भइरहेकाे छ

काठमाडौं । अर्थ समितिमा बिहीबार राजश्व सचिव दिनेश घिमिरेले बैंकर र व्यवसायी छुट्याउने विषयमा अर्थ मन्त्रालयले थप गृहकार्य गरिरहेको बताएका छन्।

सचिव घिमिरेले अर्थ समितिमा आज भएको बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयकमाथिको छलफलमा बोल्दै उनले बैंकर–व्यवसायी छुट्याउनेबारे कुलिङ पिरियडको सम्बन्धमा आवश्यक नीतिगत व्यवस्था गर्नका लागि थप गृहकार्य भइरहेको बताए ।

पुँजीबजार, लामो समय कर्जा लिएको हाइड्रपावरको क्षेत्रजस्तालाई तत्काल कसरी व्यवस्थापन गर्ने, विधेयकले कसरी सम्बोधन गर्नेबारे अर्थ मन्त्रालयले गृहकार्य थालेको छ । उनकाअनुसार दफाबारमा छलफल गर्दा मन्त्रालयले आवश्य प्रश्ताव ल्याउनेछ । यसका लागि अर्थले तयारी थालिसकेको छ ।

सचिव घिमिरेका अनुसार बैंकिङ पहुँचलाई विस्तार गर्न कसरी सकिन्छ । उनका अनुसार कतिपय कानुन सैद्धान्तिक रूपमा राम्रो हुने र व्यावहारिक रुपमा कठिनाइ हुने गरेको बताउँदै उनले त्यसमा ख्याल गरिने बताए। यसलाई प्रभावकारी रुपमा सेवालाई कसरी बढाउन सकिन्छ । यसको प्रतिफल धेरैभन्दा धेरै कसरी लिन सकिन्छ भन्ने दिशामा सैद्धान्तिक रुपले वाफियाको संशोधनमा विषयहरु आउनु सकारात्मक हो ।

उनका अनुसार समग्र अर्थतन्त्रलाई चलायमान गराउन यो विधेयक महत्वपूर्ण हुनेछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi