काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले मन्त्री पौडेलले अर्थमन्त्रीले विद्युतको खपत बढाउनका लागि ईभीको करलाई स्थिर राखिएको बताए।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आयोजना र पुरस्कार वितरण तथा बजेट र मौद्रिक नीति समन्वय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै बजेटमार्फत नेपालको ऊर्जा खपत बढाउनका लागि विद्युतीय सवारी साधनलाई प्रबर्द्धन गरेको बताएका हुन्।
मन्त्री पौडेलले आफू करका नीति र करका दरमा स्थिर नीति लिएको बताएका छन्। अर्थमन्त्रीले बजेट ल्याउने मात्रै नभई कार्यन्वयन समेत जिम्मेवारी रहेको बताए। आगामी वर्षको बजेट कार्यन्वयनको तयारी गरिरहेको बताए।
बजेटमा टेक एन्ड पेको विषयमा अन्यौल भएपनि स्पष्ट पारेसँगै बैंक तथा वित्तीय संस्था, ऊर्जा उत्पादक लगायत सबै सन्तुष्ट रहेकाले ठिक हुँदै गएको बताएका छन्।






प्रतिक्रिया दिनुहोस्