काठमाडौं । आइतबार सुन–चाँदीको मूल्य बढेको छ । आइतबार छापावाला सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ९२ हजार ९०० रुपैयाँ रहेकाे छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य १ लाख ९१ हजार ८०० रुपैयाँ कायम रहेको थियो ।
यसैगरी, आइतबार चाँदीको भाउ पनि तोलामा ६५ रुपैयाँले बढेर २२ सय ८५ रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार चाँदीको भाउ प्रतितोला २२ सय २० रुपैयाँ कायम रहेको छ ।






प्रतिक्रिया दिनुहोस्