Skip to content

होङ्सी शिवम् सिमेन्टले ९ महिनामा गर्यो ९ अर्ब २५ करोडको व्यापार, कुन वर्ष कति ?

nabil bank

काठमाडौं । होङ्सी शिवम्  सिमेन्ट कम्पनीले चालु आर्थिक वर्षको ९ महिनामा ९ अर्ब २५ करोड १० लाख रुपैयाँ बराबरको ब्यायार गरेको छ । यस कम्पनीले सन् २०२४ मा ११ अर्ब ९२ करोड ६० लाख रुपैयाँ बराबरको ब्यापार गरेको थियो ।

कम्पनीको ब्यापार वर्षेनी घट्दो अवस्था रहेको छ । सन् २०२३ मा १३ अर्ब ८१ करोड १० लाख रुपैयाँ बराबरको ब्यापार गरेको थियो । यसैगरी, सन् २०२२ मा १७ अर्ब ४ करोड ४० लाख रुपैयाँ बराबरको ब्यापार गरेको थियो । सन् २०२१ मा यस कम्पनीले १७ अर्ब ४५ करोड ७० लाख रुपैयाँ व्यापार गरेको छ । यस कम्पनीको सञ्चालन आम्दानी (ओबिड्टा/ओआई) भने बर्सेनि घट्दो अवस्थामा रहेको छ ।

सन् २०२१ मा २७ प्रतिशत यस्तो आम्दानी रहेको यस कम्पनीको सन् २०२२ मा  प्रतिशतले घटेर १५ प्रतिशत कायम भएको छ । यसैगरी, सन् २०२३ मा ९ प्रतिशत रहेको यस कम्पनीको सञ्चालन नाफा २०२४ मा भने बढेर १७ प्रतिशत कायम भएको छ। चालु आवको ९ महिनामा यस कम्पनीको यस्तो नाफा २३ प्रतिशत रहेको कम्पनीले जनाएको छ ।

यस कम्पनीले अल्पकालीन तथा दीर्घकालीन ऋणको लागि ६ अर्ब रुपैयाँ कर्जाको पनि रेटिङ गराएको छ । यस कम्पनीको ऋणलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपि एटुप्ल्स’ रेटिङ दिएको छ । यो सिमेन्ट कम्पनी सन् २०२५ मा स्थापना भएको स्थापना भएको हो ।

यस कम्पनीले सिमेन्टको लागि चाइने कंक्रिट र सिमेन्ट यत्पादन गर्दे आएको छ । यस कम्पनीले कंक्रिट उत्पादन क्षमता २० लाख मेट्रिक टन प्रतिवर्ष र सिमेन्ट उत्पादन क्षमता २३ लाख मेट्रिक टन प्रतिवर्ष रहेको कम्पनीले जनाएको छ ।

यो कम्पनीमा दुई कम्पनीको सेयर स्वामित्व रहेको छ । यसमा हङकङ रेड लायन सिमेन्ट कम्पनीको ७० प्रतिशत सेयर स्वामित्व रहेको छ भने, शिवम् होल्डिङ्स कम्पनीको ३० प्रतिशत सेयर स्वामित्व रहेको छ । यस कम्पनीको कारखाना नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाउँपालिकामा रहेको छ । कम्पनीले हाल ओर्डिनरी पोर्टल्यान्ड सिमेन्ट (ओपिसि) र पोर्टल्यान्ड पोज्जोलाना सिमेन्ट (पिपिसि) उत्पादन गर्दै आइरहेको छ, जुन ‘होङ्सी’ ब्रान्डअन्तर्गत बजारमा उपलब्ध छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime