Skip to content
Prabhu

शनिबार कुन विदेशी मुद्राको भाउ कति छ ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबार का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ १८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७८ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४३ रुपैयाँ १४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७९ पैसा कायम भएको छ ।

बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १६७ रुपैयाँ २१ पैसा छ भने बिक्रीदर १६७ रुपैयाँ ९७ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १४६ रुपैयाँ ८५ पैसा र बिक्रीदर १४७ रुपैयाँ ५१ पैसा छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०५ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९७ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ९१ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९५ पैसा कायम छ ।

जापानी येन १० को खरिददर ८ रुपैयाँ ६९ पैसा र बिक्रीदर ८ रुपैयाँ ७३ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १८ रुपैयाँ ४८ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६७ पैसा कायम छ ।

त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६९ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३ रुपैयाँ ६४ पैसा कायम छ ।

यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४२ पैसा, मलेसियन रिङगेट एकको खरिददर २८ रुपैयाँ १० पैसा र बिक्रीदर २८ रुपैयाँ २२ पैसा , दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८० पैसा र बिक्रीदर ९ रुपैयाँ ८५ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३० पैसा र बिक्रीदर १२ रुपैयाँ ३५ पैसा कायम छ ।

डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ १९ पैसा र बिक्रीदर १९ रुपैयाँ २८ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ०४ पैसा र बिक्रीदर १७ रुपैयाँ १२ कायम छ । कुवेती दिनारको एकको खरिददर ४३३ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ०३ पैसा तथा बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ १९ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ७८ पैसा कायम छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal