Skip to content

काठमाडौं महानगरमा करको दायरामा नआएका कर दाताले पुस मसान्तसम्म कर बुझाए १० प्रतिशत छुट पाउने

काठमाडौं । काठमाडौं महानगरले करको दायरामा नआएका कर दालातालाई पुस मसान्तसम्म कर बुझाए १० प्रतिशत छुट दिने घोषणा गरेको छ ।

आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उपप्रमुख सुनिता डंगोलले पुस मसान्तसम्म कर वुझाउने करदातालाई १० प्रतिशत छुट दिने जानकारी गराइन ।

‘अगामी आर्थिक वर्ष २०८२/०८३ मा करको दायरामा नआएका करदाताहरुलाई करको दायरामा ल्याउन पौष मसान्तसम्म कर वुझाउने करदातालाई १० प्रतिशत छुट दिइएको छ’ उनले भनिन् ‘बहाल करलाई एकद्धार प्रणाली मार्फत संकलन गर्न संधीय सरकारसंग समन्वय र सहकार्य गर्ने व्यवस्था मिलाइनेछ । साथै कर प्रतिको अपनत्व र विश्वास अभिवृद्धि गर्न केही करका शिर्षकमा सिफारिस दस्तुर निःशुल्क गरिएको छ ।’

कर विश्लेषण र करको दायरा वृद्धि गर्न विज्ञ सहितको सरोकारवाला निकायसंग सहकार्य गर्ने कार्यक्रमहरु प्रस्ताव गरिएको छ । कारदातालाई वस्तुगत संघहरुसंग आवद्ध गरी दायरा फराकिलो वनाउने सोच अधि सारिएको उनको भनाइ छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi