Skip to content

मेयर बालेनको बजेट खर्चमा देखिएन कार्य कुशलता, पुँजीगत खर्च ४४.७२ प्रतिशत मात्रै

nabil bank

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह विनियोजन बजेट खर्चमा कुशलता देखाउन सकेका छैनन् ।

काठमाडौं महानगरले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि २४ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँको बजेट पारित गरेको थियो । चालु आर्थिक वर्षको बजेट कार्यान्वयन तर्फ हेर्दा २४ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँमा असार २५ गतेसम्मको कुल खर्च १३ अर्ब ३ करोड ७४ लाख ६० हजार रुपैयाँ रहेको छ । जुन कुल बजेटको ५२.१३ प्रतिशत रहेको छ ।

त्यसैगरी पुँजीगततर्फ खर्च विश्लेषण गर्दा १५ अर्ब ६ करोड ५६ लाख १ हजार रुपैयाँ विनियोजन भएकोमा ६ अर्ब ७३ करोड ७४ लाख ८० हजार रुपैयाँ रहेको छ । जुन कुल बजेटको ४४।७२ प्रतिशत हुन आउँछ । चालू तर्फ ९ अर्ब ८२ करोड २० लाख ५० हजार रुपैयाँ विनियोजन भएकोमा ६ अर्ब २२ करोड ९९ लाख ८० हजार रुपैयाँ खर्च भएको छ । जुन कुल बजेटको ६३.४२ प्रतिशत हो ।

क्षेत्रगत रुपमा बजेट विश्लेषण गर्दा आर्थिक विकास क्षेत्रतर्फ कुल ७४ करोड ३९ लाख ८१ हजार विनियोजन भएकोमा त्यसको ३७.६९ प्रतिशत खर्च भएको छ । त्यसैगरी, सामाजिक क्षेत्रतर्फ कुल विनियोजन रकम ५ अर्ब ४२ करोड ३० लाख ४८ हजार रुपैयाँमा ४७.९२ प्रतिशत खर्च भएको छ । पूर्वाधार क्षेत्रमा कुल विनियोजन रकम ११ अर्ब ३९ करोड ३९ लाख १७ हजार रुपैयाँमा ५२.५२ प्रतिशत रकम खर्च भएको छ ।

त्यसैगरी सुशासन तथा अन्तर सम्वन्धित क्षेत्रमा कुल विनियोजन भएको रकम ३ अर्ब २४ करोड ५२ लाख ५१ हजार रुपैयाँमा त्यसको २८.८ प्रतिशत रकम खर्च भएको छ । कार्यालय सन्चालन तथा प्रशासनिक क्षेत्र तर्फ कुल विनियोजन भएको रकम ४ अर्ब २० करोड २४ लाख ५२ हजार रुपैयाँमा त्यसको ७७.०२ प्रतिशत रकम खर्च भएको छ ।

राजस्व आम्दानीतर्फ चालू आर्थिक वर्षमा १२ अरब ९० करोड ६३ लाख २५ हजार रुपैयाको लक्ष्य निर्धारण गरिएको थियो । त्यसमध्ये आन्तरिक राजस्व असुलीको लक्ष्य ८ अरब ३ करोड ५७ लाख रुपैया रहेको छ । असार २५ गतेसम्म कुल १० अर्ब ९ करोड ८५ लाख १५ हजार रुपैया राजश्व संकलन भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime