काठमाडौं । जर्मन एसिया एसिया प्रशान्त व्यावसायिक संघ र नेपाल जर्मन उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा जर्मनीको हाम्बर्गमा लगानीलाई सुदृढीकरण गर्न एयरबस कार्यालयमा विशेष बैठक आइतबार सम्पन्न भएको छ।
अल्मुट रोबनेर, प्रमुख, जर्मन एसिया एसिया प्रशान्त व्यावसायिक संघका नेपाली व्यवसायिक प्रतिनिधिहरूलाई थप व्यापार साझेदारीलाई नवीन तरीकाले लानुपर्ने बताउँदै त्यस कार्यक्रम मा स्वागत गर्दै बताए ।
इनेस बुदारिक, दक्षिण एसिया, जर्मन एसियाका लागि क्षेत्रीय प्रबन्धक ले नेपाल र जर्मनी दुई देशहरुबीच व्यापारिक कारोबार बढाउन पर्ने जर्मनीलाई कुरामा जोड दिँदै दुई देश नेपाल र जर्मनीलाई व्यवसाय बढाउन महत्वपूर्ण हुने कुरा ह्याम्बर्गमा बैठकलाई सम्बोधन गर्दै बताए।
नेपाली राजदूतावास जर्मनी का राजदूत महामहिम डा सैल रुपाखेती को प्रयासमा सम्पन्न कार्यक्रम मा उहाले दुई देश बीच आर्थिक गतिविधि साथै लगानी बढाउन धेरै अवस्वाक रहेकी बताए ।
राजदूतले नेपाल जर्मनी उद्योग वाणिज्य संघ को संयोजकत्वमा नेपाल र जर्मनी बीच व्यापार तथा लगानी बढाउन पर्ने कुरा बताएका छन्। पर्यटन तथा अन्य क्षेत्रमा धेरै नै लगानी को सम्भावना भएकोले सन्तोष चन्द्र कुवार को अध्यक्षमा ससंचालित जर्मन उद्योग वाणिज्य संघले धेरै भूमिका खेल्नुपर्ने बताएका छन् ।
उक्त बैठकमा १५० भन्दा बढी व्यावसायिक सहभागीले भाग लिए भने उनीहरु नेपाली, जर्मन, चिनियाँ, चीन, भारत, पाकिस्तान र अन्य देशका रहेको कुरा बताइको छ। उक्त कार्यक्रम मा विभिन्न देशका ब्रेसहरू राखिएको थियो जसमा नेपालको बारसिंहे बियर उत्कृष्ट भएको थियो ।
बारासिंहे बियर को तर्फबाट जर्मनी स्थित मुस्कान श्रेष्ठ र रवि केसी उपस्थित भई बियर बारे सम्पूर्ण जानकारी गराएको थियो। त्यसैगरी अन्य सहभगीहरमा, पर्यटन क्षेत्र बाट भोला थापा, ह्याम्बर्गमा रहेका दावा छिरिङ शेर्पा र बर्लिनका धेरै वर्ष पुराना व्यवसायी सञ्जय श्रेष्ठ लगायत व्यवसायी हरुले दुई देशबीचको लगानीको उच्च संभावना भएको र यसलाई उपयोग गर्ने कुरा बताएका थिए ।
एयरबसका हेलिकप्टर नेपालमा सगरमाथा बेस क्याम्पसम्म उड्न सफल भएको मा हर्मन लगानीकर्ताहरुले हर्ष व्यक्त गरेका थिए। जर्मनबाट नेपालले हेलिकप्टर आयात गरिरहेको छ। साथै नेपाली ईन्जिनियर्स हरुले राम्रो काम गरिरहेको बारे एयरबस अधिकारीहरूले बताएका छन्।
तर, नेपालले अंतरराष्ट्रीय बोलपत्र गर्दा त्यसलाई झेलेर अगाडि बढ्न धेरै कठिनाई भएको कुरा एनजीसीसीई का अध्यक्षसँग व्यक्त गरिएको बताईएको छ। यसलाई सुधार्न सके दुई देश बीच आर्थिक गतिविधि झन् बढ्ने जर्मन लगानी कर्ताहरु बताउँछन्।
आगामी दिनमा नेपाल जर्मनी उद्योग वाणिज्य संघका अध्यक्षले बी२बी मीटिंग साथै दुई देशबीचको अन्य डेलिगेसन लाई प्रभावकारी रुपमा लानको लागि आशा व्यक्त गर्दै दुई देशको लगानीमा ठूली टेवा पुग्ने कुरा जर्मनका लागि नेपाली राजदूत महामहिम डा सैल रुपाखेतीले बताए ।








प्रतिक्रिया दिनुहोस्