काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । गत आइतबारको बजारमा छापावाल सुन प्रतितोला १ लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेको हो । आज चाँदी प्रतितोला दुई हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा चाँदी प्रतितोला २ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको थियो । सोमबार कायम चाँदीको मूल्य हालसम्मकै उच्च हो ।






प्रतिक्रिया दिनुहोस्