Skip to content

जेडटीईका स्मार्टफोनहरू अब शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दीमा उपलब्ध

काठमाडौं । ग्लोबल टेक जायन्ट जेडटीई कर्पोरेसनले आफ्ना ३ मोडेलका स्मार्टफोनहरूमा शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी योजना ल्याएको छ । यो योजनाअनुसार प्रयोगकर्ताहरूले अत्याधुनिक सुविधायुक्त जेडटीई भी७० म्याक्स र प्रिमियम जेडटीई भी७० डिजाइन मोडेलका स्मार्टफोनहरू ६ महिनाको सहज मासिक किस्तामा खरिद गर्न सक्नेछन्।

यस किस्ताबन्दी योजनाअन्तर्गत इच्छुक खरिदकर्ताले केवल आफ्नो नेपाली नागरिकता प्रमाणपत्रको भरमा नयाँ स्मार्टफोन किन्न सक्नेछन । यसबाहेक यसमा कुनै जटिल कागजी प्रक्रिया नरहेको र ब्याज पनि नलाग्ने कम्पनिले जानकारी दिएको छ।

प्रयोगकर्ताहरूलाई सरल र सहज किनमेल अनुभव प्रदान गर्ने उद्देश्यले जगदम्बा हायर पर्चेजसँगको साझेदारीमा जेडटीईले यस विशेष योजना सार्वजनिक गरेको हो। नेपालमा १५ हजारदेखि २० हजार रूपैयाँका फोनहरुमा पनि किस्ताबन्दी सुविधा ल्याउने जेडटीई दोस्रो ब्रान्ड बनेको छ, जसले सबै नेपालीका लागि नयाँ प्रविधि अझ पहुँचयोग्य बनाउने कम्पनिको उद्धेश्यलाइ सार्थकता प्रदान गरेको छ।

यस शून्य प्रतिशत ब्याजदर किस्ताबन्दी योजना अनुसार १५ हजार ९ सय ९९ मूल्य रहेको भी७० म्याक्स (६+१२८ जिबी) स्मार्टफोन मोडेल खरिद गर्न चाहनेले रूपैयाँ ६ हजार ४०० अग्रिम भुक्तानी गरेपछि बाँकी रकम ६ महिनासम्म मासिक १,६०० किस्तामा तिर्न सकिन्छ। यस्तै, १६ हजार ९ सय ९९ मूल्य रहेको भी७० डिजाइन (८+१२८ जिबी) मोडेलका लागि प्रयोगकर्ताले ६ हजार ८ सय अग्रिम भुक्तानी गरेपछि बाँकी रकम ६ महिनासम्म मासिक १ हजार ७०० किस्तामा तिर्न सकिन्छ ।

अलि बढी स्टोरेज क्षमता भएको फोन खोजिरहेका प्रयोगकर्ताका लागि १८,९९९ मूल्यको भी७० डिजाइन (८+२५६ जिबी) स्मार्टफोन मोडेल खरिद गर्दा रूपैयाँ ७ हजार ६०० अग्रिम भुक्तानी गरेपछि बाँकी रकम मासिक १ हजार ९०० किस्तामा ६ महिनासम्म तिर्न सकिन्छ ।

यस शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी योजनामार्फत जेडटीईले अत्याधुनिक प्रविधिलाई अझ पहुँचयोग्य र सर्वसुलभ बनाउने प्रयासलाई थप मजबुत बनाएको छ। नयाँ स्मार्टफोन किन्न चाहने हरेक प्रयोगकर्ताहरूका लागि यो अवसर निकै उपयुक्त र प्रभावकारी सावित हुने विश्वास गरिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi