काठमाडौं । भूमिब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले आफ्नो कार्यकालमा १ वर्षको अवधिमा गरेका महत्वपूर्ण कामहरु सार्वजनिक गरेका छन् ।
बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गदैं मन्त्री अधिकारीले भुमि समस्या समाधान आयोग, गाँउब्लक मिनाडी, बिशेष नापीलगायतबाट २७ हजार ३ सय ५८ वटा जग्गाधनी प्रमाण पत्र (लालपुर्जा ) बितरण भएको जानकारी गराए । साथै उनले भूमि नियमावली संसोधन भएको, भूमि प्रशासन निर्देशिका र जग्गा नापजाँच निर्देशिक नयाँ जारी गरिएको र भुमि बैंक स्थापनाको लागि बजेटको ब्यवस्था गरिएको जानकारी गराए ।
मन्त्री अधिकारीले राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन र सञ्चालन, कर्जा असुली न्यायधिकरण गठन र सञ्चालन र सहकारी कर्जा तथा बचत सुरक्षण कोषको स्थापनाको लागि बजेटको ब्यवस्था गर्ने कुराले सहकारी क्षेत्रको संस्थागत सुधार र हाल देखिएका सहकारी क्षेत्रका समस्याहरु दीर्घकालीन रुपमा समाधानका लागि राम्रो जग निमार्ण भएको बताए । उनाले समस्याग्रस्त सहकारीका ६२ हजार ७ सय ६० दाबी मध्ये ८ हजार १ सय ५६ जनाको बचत फिर्ता गरिएको जानकारी गराए । यो बिचमा ३ अर्ब ७१ करोड रुपैया बचत फिर्ता गरिएको जानकारी गराए ।
मन्त्री अधिकारीले गरिबी घरपरिवारको परिचय पत्र बितरण गर्ने कामले तिव्रता पाएको उल्लेख गदैं अब १५ जिल्लाका २ लाख ७१ हजार ६ सय ४० परिवार पहिचान भई राज्य सुबिधा परिचय पत्र बितरण गर्ने काम आगामी दशैंभित्र सम्पन्न गर्ने बताए ।






प्रतिक्रिया दिनुहोस्