Skip to content

पेप्सीको आधिकारिक उत्पादक वरुण बेभरेज नेपालले गर्यो पौने ६ अर्बको व्यापार

nabil
global ime

काठमाडौं । नेपालमा पेप्सीको आधिकारिक उत्पादक तथा विभिन्न ‘कोलड्रिंग्स’ उत्पादन गर्ने वरुण बेभरेजस नेपाल साढे ८ महिनामा पौने ६ अर्ब रुपैयाँ बराबरको व्यापार गरेको छ ।

कम्पनीले सन् २०२५ को साढे ८ महिनामा ५ अर्ब ७८ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । यस कम्पनीले सन् २०२४ सम्म ७ अर्ब ७४ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।

यसैगरी, यस कम्पनीले सन् २०२३ मा ७ अर्ब ६२ करोड ७० लाख रुपैयाँ, २०२२ मा ८ अर्ब २ करोड ४० लाख रुपैयाँ र २०२१ मा ६ अर्ब ५४ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । सन् २०२२ पछि कम्पनीको व्यापार घट्दो अवस्थामा रहेको कम्पनीले जनाएको छ।

कम्पनीको सञ्चालन आम्दानी (ओबिड्टा÷/ओआई) भने बर्सेनि बढ्दो अवस्था रहेको छ । सन् २०२१ मा २६.३ प्रतिशत रहेको यस कम्पनीको यस्तो आम्दानी सन् २०२२ मा भने घटेर २१.२ प्रतिशत कायम भएको थियो । त्यस पछिको वर्षमा भने कम्पनीको यस्तो आम्दानी बढेको हो । सन् २०२३ मा २२.२ प्रतिशत रहेको यस कम्पनीको ओबिड्टा सन् २०२४ मा २५.५ प्रतिशत कायम भएको छ। यसैगरी, सन् २०२५ मा कम्पनीको यस्तो आम्दानी २८.४ प्रतिशत कायम भएको छ।

नेपालमा बिस २०४२ मा स्थापना भएको यो कम्पनीले पेप्सीको आधिकारिक बिक्रेता हो । यसको दर्ता कार्यालय काठमाडौंको पुतलीसडकमा रहेको छ भने उत्पादन गर्ने कारखाना काठमाडौंको पेप्सीकोलामा र नवलपरासीमा अवस्थित छन्। यस कम्पनीले पेप्सी माउन्टेन ड्यू, स्लाइस, मिरिण्डा, सेभेन–अप, एक्वाफिना, सोडा र स्टिङ जस्ता ब्रान्डअन्तर्गत कार्बोनेटेड (ग्यास भएको) गैर–मादक पेय पदार्थहरू उत्पादन र बिक्री गर्दै आएको छ। वरुण बेभरेजेस (नेपाल)मा वरुण बेभरेजेस भारतको को १०० प्रतिशत सेयर स्वामित्वमा रहेको छ ।

यस कम्पनीले अल्पकालिन कर्जाको लागि ३ अर्ब ४७ करोड ३० लाख रुपैयाँ ऋणको पनि रेटिङ गराएको छ । कम्पनीको ऋणलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी–ए वान रेटिङ दिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima