Skip to content

खस्किँदो अवस्थामा बोटलर्स नेपाल तथा तराई व्यापार, कुनकाे कति?

nabil bank
xr:d:DAFnc-4GyKo:775,j:9151715368493414854,t:23082611

काठमाडौं । बोटलर्स नेपाल तथा बोटलर्स तराई व्यापारको व्यापार बर्सेनि खस्किँदो अवस्थामा रहेको छ । चालु आर्थिक वर्षको ९ महिनामा आउँदा बोटलर्स नेपाल कम्पनीले ७ अर्ब १० करोड रुपैयाँ बराबरको व्यापार गरेको छ ।

यस कम्पनीले सन् २०२४ मा ११ अर्ब ३७ करोढ ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । यसैगरी, यस कम्पनीले सन् २०२३ मा १२ अर्ब ६४ करोड १० लाख रुपैयाँ बराबरको ब्यापार गरेको थियो । सन् २०२२ मा कम्पनीको व्यापार १२ अर्ब ५२ करोड ४० लाख रुपैयाँ रहेको थियो । कम्पनीको ब्यापार वर्षेनी घटेको हो ।

यस कम्पनीको सञ्चालन आम्दानी (ओबिड्टा÷ओआई) पनि घट्दो अवस्थामा रहेको छ । चालु आर्थिक वर्षको ९ महिनासम्म यस कम्पनीको सञ्चालन आम्दानी १३.९ प्रतिशत रहेको छ । सन् २०२४ मा यस कम्पनीको यस्तो आम्दानी १६.६ प्रतिशत रहेको थियो ।

यसैगरी, सन् २०२३ मा १८ प्रतिशत र सन् २०२२ मा १९.१ प्रतिशत रहेको थियो । यस कम्पनीले अल्पकालीन ऋणको लागि ३ अर्ब ३७ करोड ३० लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ । कम्पनीको ऋणलाई इक्रा नेपालले ‘इक्रा एनपी–ए वान’ रेटिङ दिएको छ ।

बोटलर्स नेपाल कम्पनीले साउथवेस्ट एसिया होल्डिङ लिमिटेडसँग सहकार्य गरेर नेपालमा सन् १९७९ देखि बिक्री वितरण गर्दै आएको छ । कम्पनीमा ७६ प्रतिशत हिस्सा बोटलर्स नेपालको छ भने गोर्खा ब्रुअरी लिमिटेडको २२ प्रतिशत छ । बाँकी हिस्सा सर्वसाधारणको छ ।

यसैगरी, बोटलर्स नेपाल (तराई)ले सन् २०२२ मा ९ अर्ब १९ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले सन् २०२३ मा ९ अर्ब ४० करोड १० लाख रुपैयाँ र सन् २०२४ मा ८ अर्ब ८० करोड ३० लाख रुपैयाँ व्यापार गरेको थियो ।

बोटलर्स नेपाल (तराई) ले पेय पदार्थ उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ । बोटलर्स (तराई) को ९१ प्रतिशत सेयर सर्वसाधारणमा छ । कम्पननीको बजार हिस्सा ३८ प्रतिशत छ । कम्पनीले अल्पकालीन कर्जाका लागि २ अर्ब ३९ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीको देशभर २५० डिलर छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime