Skip to content

स्काइ वाक टावरले बन्जीजम्प, स्विङ्ग, फ्रिफल जम्प, स्काइ चियरलगायत साहासिक खेल थप्ने, लागत ७ करोड

काठमाडौं । कमलादीस्थित स्काइ वाक टावरमा अब साहसिक गतिविधि थप गर्ने भएको छ । कम्पनीले साहसिक गतिविधि प्रयोजनका लागि पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा बुझाएको छ ।

हाल सञ्चालनमा रहेका स्काइ वाक टावरले भौतिक पूर्वाधार थप गरी बन्जीजम्प, स्विङ्ग, फ्रिफल जम्प, स्काइ चियर, टावर किल्मिबिङ, जिप लाइन, स्काइबार, स्काइ साइकल, रिभर्स बन्जी, मेगा ट्रोल, ह्यामक राइड, ह्याङकिङ रुम, रिभोलिङ रेस्टुरेन्ट, सेल्फी पोइन्ट, स्नो रुम र रोप कोर्स जस्ता साहसिक तथा मनोरञ्जनात्मक खेल सञ्चालनमा ल्याउन लागेको हो ।

प्रतिवेदनअनुसार बन्जी जम्प ६० मिटर, स्विङ १० मिटर, फ्रिफल ६० मिटर, रिभर्स बन्जी ४० मिटर र जिपलाइन २ सय मिटर लम्बाइको हुने भएको छ । यहाँ अहिले ७५ मिटर उचाइको टावर निर्माण भइ सञ्चालनमा छ । यस टावरको अहिलेसम्म ८२ करोड लागत खर्च रहेको छ । उक्त खर्चमा थप गर्न ७ करोड रुपैयाँ थपेर टावरले थप संरचना निर्माण गर्न लागेको जानकारी दिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi