Skip to content

राजस्व कार्यालय भैरहवाद्वारा गत आवमा १३ अर्ब राजस्व संकलन

लुम्बिनी । आन्तरिक राजस्व कार्यालय भैरहवाले गत आर्थिक वर्ष २०८१/८२ मा करिब १३ अर्ब रूपैयाँ राजस्व संकलन गरेको छ । गत आवमा १३ अर्ब २७ करोड रूपैयाँ राजस्व संकलनको लक्ष्य लिएकामा १२ अर्ब ९८ करोड रूपैयाँ अर्थात् लक्ष्यको ९७ दशमलव आठ प्रतिशत राजस्व संकलन भएको कार्यालयका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले जानकारी दिए।

कार्यालयका अनुसार अघिल्लो आव २०८०/८१ को तुलनामा गत आवमा राजस्व सङ्कलन दुई अर्ब ३५ करोड रूपैयाँ अर्थात् २५ दशमलव सात प्रतिशतले बढेको छ । कार्यालयले गत आवको भदौ, असोज, फागुन, वैशाख, जेठ र असारमा लक्ष्यअनुसार राजस्व संकलन गरेको प्रमुख पोख्रेलले बताए।

कार्यालयले गत आवमा आयकरतर्फ एक अर्ब ७० करोड ११ लाख रूपैयाँ, मूल्य अभिवृद्धि करतर्फ दुई अर्ब ८६ करोड आठ लाख रूपैयाँ र अन्तःशुल्कबापत नौ अर्ब एक करोड ५६ लाख रूपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । सबैभन्दा बढी राजस्वको क्षेत्र ओगटेको अन्तः शुल्कतर्फ अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा एक अर्ब ९५ करोड रूपैयाँभन्दा बढी राजस्व संकलन भएको छ ।

यस्तै, आयकरतर्फ ३७ करोड र मूल्य अभिवृद्धि करतर्फ २९ करोड रूपैयाँले राजस्व बढेको छ । प्रमुख पोखरेलले अर्थतन्त्रका परिसूचकमा सकारात्मक सुधार देखिनु र उद्योग करकारखानमा उत्पादन क्षमता बढेकाले राजस्व संकलन बढेको हो । उनले सरकारले राजस्व दाखिलालगायतका भुक्तानीमा डिजिटल प्रणाली लागू गरेपछि साना करदाता सेवाग्राहीलाई सहज भएको बताए।

आन्तरिक राजस्व कार्यालय भैरहवाको कार्यक्षेत्रमा रुपन्देहीका सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिकाको वडा नं ५ देखि १७ सम्म, देवदह नगरपालिकाको वडा नं १ देखि ४ र वडा नं ११ र १२, लुम्बिनी सांस्कृतिक नगरपालिका, गैडहवा गाउँपालिका, कञ्चन गाउँपालिका वडा नं ५, कोटहीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका, मायादेवी गाउँपालिका, ओमसतिया गाउँपालिका, रोहिणी गाउँपालिका, सम्मरीमाई गाउँपालिका र सियारी गाउँपालिका गाउँपालिका पर्छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi