Skip to content

सुनको मूल्य एकै दिन १८०० सयले बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

nabil bank

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको छ । आज चाँदी प्रतितोला २ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा चाँदी प्रतितोला दुई हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।

 

 

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime