Skip to content

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छः प्रधानमन्त्री

nabil
global ime
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गरिरहेको बताएका छन् ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को २२औं स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले सरकारले नागरिकको मौलिक हक कार्यान्वयनमा विशेष ध्यान दिएको बताए । प्रधानमन्त्री दाहालले भने, ‘निकै ठूलो मेहनत र सङ्घर्षबाट प्राप्त भएको नागरिको मौलिक हक कार्यान्वयन गर्नु राज्यको दायित्व हो, यो दायित्व पूरा गर्न सरकार गम्भीर भएर लागेको छ । स्वास्थ्य सेवामा सामाजिक सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको छ ।’
गरिब, विपन्न र असहाय नागरिकलाई स्वास्थ्य सेवा प्रवाहका लागि सरकारी अस्पतालका दुई हजार आठ श्यया निःशुल्क उपलब्ध गराइएको भन्दै प्रधानमन्त्री दाहालले पाठेघरको क्यान्सर र स्तन क्यान्सरविरूद्धको खोप निःशुल्करूपमा उपलब्ध हुने व्यवस्था मिलाइएको बताए। ‘सबै सरकारी, सामुदायिक र निजी अस्पतालले कूल श्ययाको १० प्रतिशत विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचारका लागि कार्यान्वयनमा ल्याउन पहल गरिएको छ’, प्रधानमन्त्री दाहालले भने, ‘यस्ता कामले स्वास्थ्य क्षेत्रका अधिकार व्यवहारमा कार्यान्वयनका लागि आधारभूत अर्थ राख्दछन् ।’
संविधानको व्यवस्थाअनुरूप चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलगायतका स्वास्थ्य संस्थाले महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री दाहलले आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने राज्यको प्रमुख दायित्व पूरा गर्न प्रतिष्ठानले भूमिका खेल्नुपर्ने बताए । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई स्वदेशी तथा विदेशी शैक्षिक निकायसँग समन्वय र सहकार्य गरी समयानुकूल र अन्तर्राष्ट्रियस्तरको शैक्षिक प्रतिष्ठान बनाउन आफ्नोतर्फबाट निरन्तर सहयोग रहने पनि प्रधानमन्त्री दाहालको भनाइ छ ।
आफूले सरकारको नेतृत्व लिएलगत्तै वीर अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउन पहल लिएको अवगत गराउँदै प्रधानमन्त्री दाहालले सबै श्यया तथा शल्यक्रिया कक्ष सञ्चालनमा ल्याउने, वीर अस्पतालको सेवालाई दुई सिफ्टमा सञ्चालन गर्नेलगायतका कार्यलाई प्राथमिकता दिएको बताए।
कार्यक्रममा न्याम्सका रेक्टर डा लोचन कार्कीले न्याम्सको आफ्नै अस्पताल निर्माण नभएसम्म वीर अस्पतालबाट तत्काल नछुट्याउन आग्रह गरे । ‘न्याम्स र वीर अस्पताल छुट्याउने विषयमा बहस चलिरहेको छ । यी दुईलाई तत्काल छुट्याउदा धेरै विषयमा समस्या पर्ने देखिन्छ”, रेक्टर डा कार्कीले भने, ‘न्याम्समा अहिले चलिरहेको सबै शैक्षिक कार्यक्रम बन्दहुने र त्यसको असर वीर अस्पतालको सेवामा समेत पर्नसक्छ । यसबारे बृहत् छलफल हुनुपर्छ ।’ उहाँले न्याम्सको दायरालाई थप विस्तार गर्दै अघि बढेको जानकारी गराए ।
यस्तै, वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले गुणस्तरीय स्वास्थ्य सेवाका लागि वीर अस्पताललाई विशिष्टकृत अस्पतालका रूपमा विकास गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । उनले न्याम्स र वीर अस्पतालले नवीन प्रविधिको प्रयोगबाट विविध विधामा फड्को मार्न सफल भएको बताए।
‘न्याम्सले दिएको सेवाको क्षेत्र फराकिलो छ तर न्याम्सभित्रको वीर अस्पतालमा चुनौती छन् । पूर्णक्षमतामा श्यया सञ्चालन गर्न सकिएको छैन । बजेटको अभावमा सेवा प्रवाहलाई थप व्यवस्थित गर्न सकेका छैनौँ’, पौडेलले भने, ‘वीर अस्पतालमा प्राथमिकता निर्धारण गर्नुपर्ने अवस्था छ । तीन तहको सरकारको जिम्मेवारीअनुसार हामीलाई विशिष्टकृत सेवाको जिम्मेवारी केन्द्रित गराउनसके अझ बढी गुणस्तरीय सेवा दिन सकिन्छ । यस अस्पताललाई रिफरल केन्द्रका रुपमा विकास गर्नुपर्छ ।’
न्याम्सले आफ्नो २२औँ स्थापना दिवसका अवसरमा पहिलो उपकुलपति दिनेशनाथ गङ्गोल र स्वर्गीय प्राडा उपेन्द्र देवकोटालाई सम्मान गरेको छ । न्याम्सबाट विभिन्न समयमा उत्तीर्ण उत्कृष्ट विद्यार्थी डा रविरमन न्यौपाने, डा निरोज बनेपाली र डा मुकेशप्रसाद यादवलाई समेत पुरस्कृत गरिएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima