Skip to content

एनआरएनए बेलायतको अध्यक्षमा पुडासैनी चयन

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) बेलायतको अध्यक्षमा राजेन्द्र पुडासैनी निर्वाचित भएका छन् ।

गए राति सम्पन्न मतगणना अनुसार उहाँले आफ्ना दुई प्रतिस्पर्धी गोविन्द खरेल र मनिष खत्रीलाई पराजित गरे ।

पुडासैनीले १ हजार ४८२ मत प्राप्त गरेर अध्यक्ष पदमा विजयी भएका थिए भने अध्यक्ष पदका अर्का उम्मेदवार खरेलले ९ सय ७७ र खत्रीले ४ सय ९६ मत प्राप्त गरे । त्यस्तै उपाध्यक्षमा उज्ज्वल कार्की, डा रक्षा थापा र रामप्रसाद कँडेल, महासचिवमा दिवाकर पाण्डे, खुला सचिवमा डिएन खराल र कृष्ण देवकोटा विजयी भए । सदस्यमा विष्णु खरेल र छविलाल अर्याल, इङ्ग्ल्याण्ड राज्य परिषद् अध्यक्षपदमा राममाया विष्ट थापा विजयी भए ।

नवनिर्वाचित अध्यक्ष पुडासैनीले संस्थालाई महसुस गर्न सकिने, खोज्दा भेटिने र देखिने बनाउनु आफ्नो मुख्य लक्ष्य रहेको जानकारी दिए । उनले भने ‘तल्लो तहसम्म पुग्ने अभियान हामीले आजैदेखि सुरुआत गरेका छौं । हामी जहाँ भए पनि नेपाली भएर बाँच्न परोस्, नेपालको राष्ट्रिय गीतले भनेझै सबै नेपाली एउटै सयौँ थुँगा फूलका एउटै माला बनेर एक हुन सक्नुपर्छ ।’ सबै बेलायतवासी नेपालीलाई एकताबद्ध गर्ने आफ्नो पहिलो कार्ययोजना भएको उनले जानकारी दिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima