Skip to content

गत आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट १५ अर्ब १३ करोडको धान–चामल आयात

nabil bank
The owner of rice shop Tadao Koike talks on a phone as bags of rice are seen piled up at his shop in Tokyo on February 14, 2025. The Japanese government said it will release its stockpile of rice -- the nation's cherished staple food -- reserved for emergency use in response to soaring prices. (Photo by Yuichi YAMAZAKI / AFP)

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्षमा १२ अर्ब ७२ करोड रुपैयाँ मूल्य बराबरको ३१ करोड ३८ लाख ६५ हजार ४७३ किलोग्राम धान आयात भएको छ ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आवमा मात्रै मूल्यको आधारमा ५३ प्रतिशत बढी धान आयात भएको हो। वीरगञ्ज भन्सार कार्यालयका अनुसार अघिल्लो आवमा आठ अर्ब २९ करोड मूल्य बराबरको २० करोड ८० लाख ९२ हजार ४४८ किलो धान आयात भएको थियो ।

कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले गत आवमा अघिल्लो आवको तुलनामा धान र चामल दुवैको आयातमा वृद्धि भएको जानकारी दिए। गत आवमा धान मात्रै नभएर चामल आयातमा पनि वृद्धि भएको छ । आव २०८१/८२ मा दुई अर्ब ४१ करोड रुपैयाँ मूल्य बराबरको २ करोड ४८ लाख १३ हजार ५३१ किलो चामल आयात भएको छ। अघिल्लो आवमा एक अर्ब ७३ करोड रुपैयाँ मूल्य बराबरको एक करोड ३२ लाख ४१ हजार ३७६ किलोग्राम चामल आयात भएको थियो ।

अघिल्लो आवको तुलनामा गत आवमा मूल्यको आधारमा ४० प्रतिशतले चामल आयात बढेको छ । गत आर्थिक वर्षमा छ अर्ब ७३ करोड मूल्य बराबरको १३ करोड ९६ लाख ५९ हजार ६२१ किलो मकै आयात भएको छ । जबकी अघिल्लो आवमा पाँच अर्ब ५९ करोड रुपैयाँ मूल्य पर्ने १२ करोड ९९ लाख १८ हजार १७३ किलोग्राम मकै आयात भएको थियो ।

गत आर्थिक वर्षमा ४७ करोड रुपैयाँ मूल्य बराबरको ९१ लाख ९२ हजार ९८१ किलो फापर, कोदो र अन्य खाद्यान्न आयात भएको छ । जबकी अघिल्लो आवमा ४३ करोड मूल्य रुपैयाँ बराबरको ८४ लाख ९५ हजार ४४५ किलोग्राम फापर, कोदो, र अन्य खाद्यान्न आयात भएको थियो । त्यसैगरी गत आवमा चार करोड रुपैयाँ मूल्य बराबरको आठ लाख ४७ हजार ७८० किलोग्राम कनिका आयात भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime