Skip to content

आईपीओ ल्याउने तयारीमा रहेको सागर डिस्टिलरीले एक वर्षमा १८ करोडको व्यापार गर्‍यो 

nabil bank
काठमाडौं । मदिरा उत्पादन गर्ने सागर डिस्टिलरीले गत आर्थिक वर्षमा १८ करोड रुपैयाँको व्यापार गरेको छ । यस कम्पनीले अघिल्लो आवको भन्दा व्यापार बढाए हो । अघिल्लो आर्थिक वर्षमा यस कम्पनीले १७ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो ।
सागर डिस्टिलरीले बजारमा नेप्से बुल्स, गभर्नर ह्विस्की, ललिपप, रोयल ब्यु, ग्रे उल्फ, बेरिज एन्ड ब्लुज लगायत मदिरा उत्पादन तथा बिक्री गर्दै आएको छ । २०१४ मा स्थापना भएको यस कम्पनी २०२३ मा पब्लिक लिमिटेड कम्पनी बनेको थियो । कम्पनीले उच्च गुणस्तरका भड्का, ह्विस्की तथा जिन उत्पादन गर्छ भने उत्पादन क्षमता वार्षिक ५० लाख लिटर रहेको छ ।
यस कम्पनीमा आशुतोष खेतानको १४.५२, अल्का गोयलको १०.६३ तथा सन्दीप जलानको ९.१४ प्रतिशत सेयर हिस्सा रहेको छ । यसैगरी सौरभ करञ्जित कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुन् ।
यस कम्पनीको २०२४ मा ४० लाख लगानी रहेको थियो । हाल कम्पनीले लगानी बढाएर ४ करोड रुपैयाँको हाराहारीमा पुर्‍याउन सफल भएको छ । यस कम्पनीले आईपीओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले १४ लाख ५२ हजार कित्ता आईपीओ ल्याउने तयारी गरेको हो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime