बागमती । मकवानपुर जिल्ला ट्राफिक प्रहरी कार्यालयले गत आर्थिक वर्षमा दुई करोड ४१ लाख ४५ हजार ५४ रुपैयाँ राजस्व संकलन गरेको छ ।
उक्त कार्यालयका प्रमुख प्रहरी निरीक्षक बच्चुराम फुयालका अनुसार आव २०८१/८२ मा ट्राफिक नियम उल्लङ्घन गरेका ३० हजार ३४ सवारीसाधनबाट उक्त रकम संकलन भएको हो ।
आव २०८०/८१ मा ४७ हजार ८९९ सवारीसाधनलाई कारबाही गरेर तीन करोड ६९ लाख ६७ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो । मकवानपुरमा आव २०८१/८२ मा भएका ४०७ सवारी दुर्घटनामा ५० जनाको मृत्यु भएको तथा ९६५ जना घाइते भएका थिए ।






प्रतिक्रिया दिनुहोस्