Skip to content

तनहुँकाे मालपोत कार्यालयमा राजस्व संकलन घट्यो

तनहुँ । यहाँको मालपोत कार्यालयको गत आर्थिक वर्ष २०८१/८२ मा राजस्व संकलनमा कमी आएको छ । अघिल्लो आव २०८०/८१ को तुलनामा २०८१/८२ मा तीन करोड ३१ लाख ४२ हजार ७२८ रुपैयाँले राजस्व संकलन घटेको हो ।

आव २०८०/८१ मा ३५ करोड ९५ लाख ५२ हजार २२८ रुपैयाँ राजस्व संकलन गरेकामा गतवर्ष ३२ करोड ६४ लाख नौ हजार ४८० रुपैयाँ संकलन भएको सो कार्यालयले जनाएको छ । जग्गा वर्गीकरणमा कृषिमा न्यून र आवासमा बढी दस्तुर लाग्ने हुँदा अधिकांश जग्गा कृषिमा परेकाले राजस्व संकलनमा प्रभाव परेको कार्यालय प्रमुख केशवराज सुवेदीले जानकारी दिए ।

उनले भने, ‘अघिल्लो वर्ष स्थानीय तहले जग्गा वर्गीकरण गरी कित्ताकाट सुरु गरेसँगै जग्गाको कारोबार बढ्दा राजस्व संकलनमा वृद्धि भएको थियो तर गत आर्थिक वर्षमा जग्गाको कारोबार पनि घटेकाले हुनसक्छ, राजस्व संकलन घटेको छ ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T