काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला १ लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य भने तोलामा ३५ रुपैयाँ घटेको छ। बिहीबार तोलाको २ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी, आज तोलाको २ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ।






प्रतिक्रिया दिनुहोस्