काठमाडौं । सरकारले चालु आर्थिक वर्षको १५ दिनमा २७ अर्ब रुपैयाँ बराबरको आम्दानीको गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार पहिलो १५ दिनको अवधिमा २७ अर्ब ४६ करोड २५ लाख रूपैयाँ बराबरको आम्दानी गरेको छ ।
अघिल्लो वर्षको यसै अवधिमा २३ अर्ब ४९ करोड रूपैयाँ बराबरको आम्दानी भएको थियो । चालु वर्षमा सरकारले राजस्वबाट २७ अर्ब ९ करोड रूपैयाँ आम्दानी गरेको छ । यसैगरी, १३ करोड ५० लाख रूपैयाँ वैदेशिक अनुदान ल्याउन सफल भएको छ। यस अवधिमा २ अर्ब ३० करोड रूपैयाँको अन्य स्राेतबाट प्राप्त भएको आम्दानी रहेको छ।
चालु आर्थिक वर्षको १५ दिनको अवधिमा भने १५ अर्ब ८७ करोड रूपैयाँको खर्च भएको छ। खर्चमा वित्तीय व्यवस्थापनमा १३ अर्ब १० करोड रूपैयाँ भएको छ। त्यस्तै चालु खर्च एक अर्ब ५८ करोड र पुँजीगत खर्च २ अर्ब ६३ करोड रूपैयाँ बराबरको भएको छ।






प्रतिक्रिया दिनुहोस्