Skip to content

एनसेलका सीईओ कायुमोभद्वारा राजीनामा, कामुको जिम्मेवारी कबिरलाई

nabil bank

काठमाडौं । एनसेल आजियाटाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) जाब्बोर कायुमोभले राजीनामा दिएका छन् । कायुमोभलाई एनसेलमा २०८० वैशाख २६ गते सीईओ तथा प्रबन्ध सञ्चालकमा नियुक्त भएका थिए । उनले २०८० वैशाख २७ गते बाट कार्यभार सम्हालेका थिए ।

उनको राजीनामा सँगै कार्यवाहक सीईओ तथा प्रमुख वित्तीय अधिकारीको जिम्मेवारी सैयद एमडी इनामुल कबीरलाई दिइएको छ । कायुमोभले यसअघि टेलिया (पहिले टेलियासोनेरा) र भिम्पेलकम (अहिले भीओन) कम्पनीको प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका थिए ।

कबिरले रणनीतिक वित्त, व्यापार रूपान्तरण तथा कर्पोरेटमा बसेर काम गरेका छन्। हाल एनसेलको कार्यवाहक सीईओको रूपमा नियुक्त भएका इनामु एनसेलमा आबद्ध हुनु अघि बंगलादेशको यूसीबी फिनटेक कम्पनीमा उप प्रमुख कार्यकारी अधिकृत र प्रमुख वित्तीय अधिकारीको रूपमा काम गरेका थिए । त्यहाँ उनले दिगो विकासको लागि रणनीतिक रुपमा काम गरेका थिए ।

एनमले नेस्ले बंगलादेश लिमिटेड र केपीएमजी बंगलादेशमा काम गरिसकेपछि बंगलादेश (ग्रामीणफोन) र थाइल्याण्ड (डीटीएसी) मा टेलिनोर समूहको सिनियर वित्त सन्चालकको रुपमा काम गरेका छन् । इनम इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स इन इङ्गल्याण्ड एन्ड वेल्सबाट चार्टर्ड एकाउन्टेन्ट र युनिभर्सिटी अफ एडिनबर्ग बिजनेस स्कूल, बेलायतबाट एमबीए गरेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime