काठमाडौं । पशुपति साइन्प्याक इन्डष्ट्रिजले गत आर्थिक वर्षको ९ महिनामा १ अर्ब ३८ करोड ९० लाख रुपैयाँको व्यापार गरेको हो ।
सन् २०२४ मा १ अर्ब ७० करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । यसैगरी, यस कम्पनीले सन् २०२३ मा १ अर्ब ५७ करोड ७० लाख रुपैयाँ, सन् २०२२ मा २ अर्ब ५ करोड ७० लाख रुपैयाँ र सन् २०२१ मा २ अर्ब ३ करोड रुपैयाँको कारोबार गरेको थियो । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ८६ करोड १२ लाख रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीले दीर्घकालीन कर्जाका लागि ४६ करोड १२ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ४० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीको अल्पकालीन कर्जालाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपि –ए फोर’ दीर्घकालीन कर्जाको लागि ‘इक्रा एनपि डबल एल’ रेटिङ दिएको छ ।
सन् २००२ मा स्थापना भएको कम्पनीले पोलिप्रोपीलिन र हाइ डेन्सिटी पोलिथिन सेन्थिटिक ओभन एन्ड नन ओभन फ्याब्रिक र ब्याग उत्पादन गर्दै आएको छ । २०१९ देखि सन् २०२५ को ९ महिनाको अवधिसम्ममा ३२ देखि ६१ प्रतिशतसम्म भारतमा निर्यातको हिस्सा रहेको कम्पनीले जनाएको छ । यस कम्पनीमा १५ जनाको व्यक्तिको स्वामित्व रहेको कम्पनीको प्रबन्ध निर्देशक अनुपम राठी हुन् ।






प्रतिक्रिया दिनुहोस्