Skip to content
Prabhu

बारामा १० हजार मेट्रिकटन दलहन उत्पादन

 

कलैया । बारामा यसवर्ष १० हजार मेट्रिकटन दलहन उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र बाराका प्रमुख राजनारायणप्रसाद साहले यसवर्ष किसानले विभिन्न प्रकारका दलहन खेतीगरी १० अर्ब रुपैयाँ बराबरको कुल १० हजार ३ सय ५ मेट्रिकटन दलहन उत्पादन गरेका जानकारी दिए।

उत्पादित दलहनको प्रतिक्विन्टल १० हजार रुपैयाँको दरले बिक्री वितरण भइरहेको र यसवर्ष यहाँका किसानले १० अर्ब ३० करोड ५० लाख रुपैयाँभन्दा बढी आम्दानी गरेका उनले बताए ।

जिल्लमा मसुरो, रहर कुल ११ हजार ४ सय ५० हक्टरक्षेत्रफलमा खेती गरिएकामा १० हजार ३ सय ५ मेट्रिकटन उत्पादन भएको कृषिप्रचार अधिकृत रामजीवन ठाकुरले जानकारी दिए । गतवर्ष भने ११ हजार ६ सय ५० हेक्टर क्षेत्रफलमा खेती गरिएकामा ११ हजार ६९ मेट्रिकटन दलहन उत्पादन भएको ज्ञानकेन्द्रले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal