Skip to content

धनगढी उपमहानगरद्वारा २३ करोड राजस्व संकलन

 

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाले २३ करोड ४० लाख ९३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

उपमहानगरपालिकाले चालु आव २०८०/८१ को साउनदेखि चैत मसान्तसम्म सो राजस्व संकलन गरेको हो । सम्पत्ति करबाट २ करोड ९१ लाख ५० हजार रुपैयाँ, भूमि कर ८२ लाख ८५ हजार रुपैयाँ, बहाल कर ५ करोड ३७ लाख ८८ हजार रुपैयाँ, बहाल विरौटी कर ११ लाख ८७ हजार रुपैयाँ, सवारीसाधन कर ४ लाख ३२ हजार र अन्य करबाट ४ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन भएको उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख लेखनाथ ओझाले जानकारी दिए।

उनका अनुसार सरकारी सम्पत्ति बहालबाट प्राप्त आय ६८ लाख पाँच हजार रुपैयाँ, अन्य सेवा शुल्कबाट २४ लाख ७९ हजार रुपैयाँ, शिक्षा क्षेत्रको आम्दानी १३ लाख ४४ हजार रुपैयाँ, पार्किङ शुल्कबाट ५२ लाख ९७ हजार रुपैयाँ, नक्सा पास दस्तुरबाट २ करोड २७ लाख ७७ हजार, सिफारिस दस्तुरबाट १ करोड ३२ लाख २७ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

त्यस्तै व्यक्तिगत घटना दर्ता दस्तुर रु १० लाख सात हजार रुपैयाँ, नाता प्रमाणित दस्तुर तीन लाख ६१ हजार रुपैयाँ, अन्य दस्तुरबाट सात लाख ५६ हजार, प्रशासनिक दण्ड जरिवानाबाट रु ४४ लाख ११ हजार, व्यवसायबाट ३ करोड १७ लाख २६ हजार, अन्य राजस्व ४ करोड ९९ लाख ५२ हजार, बेरुजुबापत ५ लाख ८६ हजार रुपैयाँ, सामुदायिक वनबाट प्राप्त आय ३२ हजार र विज्ञापन करबाट पाँच हजार राजस्व रुपैयाँ सङ्कलन भएको उनले जानकारी दिए ।

करको दायरा बढ्दै जाँदा राजस्व सङ्कलनमा वृद्धि हुँदै गएको शाखा प्रमुख ओझाको भनाइ छ । उनले भने, ‘प्रत्येक वर्ष करको दायरा बढ्दै जान्छ, आगामी आवमा पनि करको दायरा बढ्छ, तर करको दर भने यथावत रहन्छ ।’ गत आव २०७९/८० मा उपमहानगरपालिकाले कुल २७ करोड ९२ लाख १५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको जनाइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima