Skip to content

कोइलाबास भन्सारद्वारा लक्ष्यभन्दा बढी राजस्व संकलन

nabil bank

घोराही । दाङको एक मात्र कोइलाबास भन्सारले लक्ष्यभन्दा झण्डै १० लाख रुपैयाँ बढी राजस्व संकलन गरेको छ ।

गत आर्थिक वर्ष २०८१/८२ का लागि १ करोड ६३ लाख छ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएको कोइलाबास भन्सारले एक करोड ७२ लाख रुपैयाँ राजस्व संकलन गरेको भन्सार प्रमुख लोकबहादुर विष्टले जानकारी दिए । संकलित राजस्वमध्ये मुद्दाबाट १५ लाख एक हजार रुपैयाँ असुल भएको र बाँकी अस्थायी पैठारीबाट सङ्कलन भएको उनले बताए।

भारतबाट कोइलाबास क्षेत्रसँगै रामजानकी मन्दिर, प्युठानको स्वर्गद्वारी मन्दिर, दाङको चौघेरा मन्दिरलगायतका ठाउँमा पूजापाठ तथा घुमफिरका लागि आउने नागरिकले प्रयोग गर्ने सवारीसाधनबाट बढी मात्रामा राजस्व सङ्कलन हुने गरेको प्रमुख विष्टले बताए ।

व्यावसायिक रूपमा यो नाका धेरै चलनचल्तीमा छैन । यहाँ सवारीसाधनबाट नै बढी कर उठ्ने गर्छ । कुनै समय व्यापार व्यवसाय धेरै हुने नाकाको पहिचान बनाएको कोइलाबास पछिल्लो समय भारतीय पर्यटक नेपाल भित्रिने नाकाको रूपमा चिनिएको छ ।

कार्यालयले गत वर्ष साउनमा १२ लाख राजस्व उठाउने लक्ष्य लिएकामा रु नौ लाख २३ हजार मात्र उठेको थियो । भदौमा १३ लाख राजस्व रुपैयाँ सङ्कलन गर्ने लक्ष्य लिएकामा ६ लाख १९ रुपैयाँ, असोजमा १३ लाख २६ हजार रुपैयाँमध्ये सात लाख आठ हजार रुपैयाँ, कात्तिकमा १२ लाख ८९ हजार रुपैयाँ लक्ष्य लिएकाका नौ लाख १३ हजार रुपैयाँ तथा मङ्सिरमा १३ लाख ६८ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा आठ लाख ९१ हजार सङ्कलन भएको प्रमुख विष्टले जानकारी दिए।

यसैगरी पुसमा १३ लाख २५ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा ३० लाख ४६ हजार रुपैयाँ, माघमा १२ लाख ५४ हजार रुपैयाँ लक्ष्य लिएकामा १२ लाख ४९ हजार रुपैयाँ, फागुनमा १४ लाख ४४ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा ११ लाख रुपैयाँ, चैतमा १४ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकामा रु १० लाख ३२ हजार, यसै वर्ष वैशाखमा १३ लाख ८८ हजार रुपैयाँमध्ये नौ लाख ८७ हजार रुपैयाँ, जेठमा १५ लाख ३३ हजार रुपैयाँमा २३ लाख ४३ हजार तथा असारमा १४ लाख १७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकामा १९ लाख ६४ हजार संकलन भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime