Skip to content
Prabhu

इजरायलको अल्टिमेटमपछि गाजामा एक लाख मानिस घर छाड्न बाध्य, अवस्था दर्दानाक

एजेन्सी । इजरायल देशका रक्षामन्त्रीको तीव्र कारबाहीको चेतावनीपछि इजराइली सेनाले पूर्वी रफाहका बासिन्दाहरूलाई तत्काल खाली गर्न सूचना जारी गरेको सिएनएनले जनाएको छ । सेनाले त्यहाँ रहेका एक लााख मानिसहरुलाई घर छाड्ने आदेश दिएको छ ।
आइडिएफ प्रवक्ता एकाइको अरब मिडिया डिभिजनका प्रमुख अविचाय अद्राईले बासिन्दाहरूलाई उनीहरूको सुरक्षाका लागि  तोकिएको मानवीय क्षेत्रहरूमा ‘तुरुन्त खाली’ गर्न आग्रह गरे  । सूचनाले विशेषगरी अल–शौका नगरपालिका र रफाह क्षेत्रका अल–सलाम, अल–जिनेना, टिबा जारा र अल–बायुकका छिमेकमा बस्ने व्यक्तिहरूलाई लक्षित गर्दछ ।
गाजामा चलिरहेको बमबारीका बीच यो घोषणा आएको हो । अक्टोबर ७ देखि गाजा क्षेत्रममा उल्लेखनीय विनाश भएको छ । पहिला नै धेरै पटक विस्थापित भइसकेका रफाहका धेरै बासिन्दाहरूले द्वन्द्वका बीचमा थप विस्थापनको सम्भावनाको सामना गरिरहेको  सिएनएनले रिपोर्ट गरेको छ ।
इजरायलले दक्षिण्त गाजामा सुनियोजित आक्रमण गर्ने तयारी गरेपछि उक्त चेतावनी दिइएको हो । इजरायली सेनाले एसएमएस, फ्लाइयर, तथा सामाजिक सञ्जालमार्फत मानिसहरुलाई घर छाड्न आदेश दिएको छ ।
मानवीय एजेन्सीहरूले राफाहको पूर्णस्तरको भूमि आक्रमणविरूद्ध चेतावनी दिएका छन् । उनीहरूले सहर र वरपरका १२ लाख विस्थापित प्यालेस्टिनीको पीडा र हताहतको पनि चेतावनी दिएका छन् । पहिलेदेखि नै गम्भीर अनिकालको सामना गरिरहेको उत्तरी गाजा महिनौँको द्वन्द्वले विचलित भएको विश्व खाद्य कार्यक्रमले स्पष्ट पारेको छ ।
आइडीएफका अन्तर्राष्ट्रिय प्रवक्ता कोलोनेल नदाव सोसानीले निकासीलाई व्यापक निकासीको सट्टा अस्थायी स्थानान्तरणको उद्देश्यले ‘सीमित स्कोप अपरेसन’ का रूपमा अघि बढेको बताए ।
इजराइली रक्षामन्त्री योव गालान्टले गाजाभित्रका सैनिकहरूलाई दिएको टिप्पणीले रफाह र अन्य क्षेत्रमा तीव्र सैन्य कारबाहीको तयारी भएको सङ्केत गर्दछ ।
हमासको सैन्य शाखाले दावी गरेको रकेट आक्रमणपछि मानवीय सहायताका लागि महत्त्वपूर्ण शालोम सीमा क्रसिङ बन्द भएपछि आइडीएफका सैनिकहरू हताहत भएका छन् ।
पूर्वी रफाह खाली गर्ने निर्णयले विस्थापित नागरिकहरूको सुरक्षा र गाजाभित्र सुरक्षित आश्रयको अभावबारे चिन्ता उत्पन्न गरेको छ ।
सिएनएनका अनुसार निकासी आदेशको अन्तर्राष्ट्रिय निकाय र मानवीय संस्थाहरूबाट आलोचना भएको छ । यसमा जारी द्वन्द्वका बीच सुरक्षित आश्रयको अभावलाई जोड दिइएको छ ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal