Skip to content
Prabhu

अमेरिकी डलरदेखि कुवेती दिनारसम्मको मूल्य बढ्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

nabil

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ २९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८९ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४३ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४४ रुपैयाँ २५ पैसा कायम भएको छ ।

बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १६७ रुपैयाँ ६४ पैसा छ भने बिक्रीदर १६८ रुपैयाँ ३९ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १४७ रुपैयाँ २७ पैसा र बिक्रीदर १४७ रुपैयाँ ९३ पैसा छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ३५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७५ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९७ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९७ रुपैयाँ ९३ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९८ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९९ रुपैयाँ १५ पैसा कायम छ ।

जापानी येन १० को खरिददर ८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ८ रुपैयाँ ७१ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ४९ पैसा र बिक्रीदर १८ रुपैयाँ ५८ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७० पैसा कायम छ ।

त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७२ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३ रुपैयाँ ६४ पैसा कायम छ ।

यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४५ पैसा, मलेसियन रिङगेट एकको खरिददर २८ रुपैयाँ १३ पैसा र बिक्रीदर २८ रुपैयाँ २५ पैसा , दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९ रुपैयाँ ८८ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १२ रुपैयाँ ३९ पैसा कायम छ ।

डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ २५ पैसा र बिक्रीदर १९ रुपैयाँ ३४ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७ रुपैयाँ १३ कायम छ । कुवेती दिनारको एकको खरिददर ४३३ रुपैयाँ ६० पैसा र बिक्रीदर ४३५ रुपैयाँ ५६ पैसा तथा बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३५५ रुपैयाँ १० पैसा कायम छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal