Skip to content

स्पेनसँग सहकार्य गरी प्रविधि, पुँजी र अनुभव भित्र्याउन सकिन्छ: अध्यक्ष ढकाल 

nabil bank
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र स्पेन चेम्बर अफ कमर्सकी कार्यकारी प्रमुख इमाकुलाडा रियरा रेने बिच महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भएको छ ।
उक्त भेटवार्तामा दुई देशबिचको आर्थिक सहकार्य, व्यापार, लगानी, साना तथा मझौला उद्यम र दीर्घकालीन साझेदारीका विषयमा छलफल भएको थियो । सो अवसरमा महासंघका अध्यक्ष ढकालले नेपाल–स्पेन सम्बन्धलाई निजी क्षेत्रमार्फत अझ मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याउँदै स्पेनसँग सहकार्य गरी नेपाली बजारमा प्रविधि, पुँजी र अनुभव भित्र्याउन सकिने बताए। अध्यक्ष ढकालले त्यसका लागि निजी क्षेत्र पूर्ण रूपमा तयार रहेका धारणा राखेका छन्।
स्पेन चेम्बर अफ कमर्ससँगको प्रस्तावित समझदारी पत्रको प्रारम्भिक मस्यौदा प्रति आभार व्यक्त गर्दै अध्यक्ष ढकालले त्यसले साझा दृष्टिकोण र दीर्घकालीन सम्बन्धका लागि आधारशिला बनाउने विश्वास व्यक्त गरे । साथै उनले समझदारी पत्रको विस्तृत अध्ययनपछि छिट्टै दुवै पक्षले हस्ताक्षर गर्ने प्रतिबद्धता जनाएका छन्।
‘प्रस्तावित यो समझदारी पत्रमा  व्यापार प्रवर्द्धन, लगानी, बजारसम्बन्धी जानकारी आदानप्रदान, प्रतिनिधिमण्डलको सहयोग, र साना तथा मझौला उद्योगहरू बिच सहकार्यजस्ता व्यावहारिक पक्ष समेटिएका छन्, जुन सकारात्मक छन् । ,’ उनले भने। यस्तै उनले संयुक्त लगानी, प्राविधिक सहकार्य, र ज्ञान साझेदारीका लागि समझदारी पत्र एक सशक्त प्लेटफर्म बन्ने विश्वास व्यक्त गरेका छन् ।
अध्यक्ष ढकालले स्पेनिस व्यवसायहरूलाई नेपालबारे बुझ्न सजिलो हुने र नेपाली व्यवसायीहरूका लागि स्पेनलाई युरोप प्रवेशको ढोका बनाउने आधार यस समझदारीपत्रले तयार पार्ने उल्लेख गरेका छन्। उनले साना तथा मझौला उद्योगहरूको  भूमिकालाई विशेष रूपमा उल्लेख गर्दै नेपाल–स्पेन दुवै देशमा यी उद्यमहरू अर्थतन्त्रको मेरुदण्ड भएको बताए।
नेपालमा धेरै सकारात्मक नीतिगत परिवर्तनहरू भएको उल्लेख गर्दै उनले यी परिवर्तनले नेपालमा बाह्य लगानीको लागि प्रशस्त अवसरहरू सिर्जना गरेको जानकारी दिए । उनले पर्यटन, पूर्वाधार, जलविद्युत, नवीकरणीय ऊर्जा, कृषि प्रशोधन, र सूचना प्रविधिजस्ता क्षेत्रमा स्पेनिस लगानीको ठुलो सम्भावना रहेको बताए ।
स्पेन चेम्बर अफ कमर्सकी कार्यकारी प्रमुख इमाकुलाडा रियरा रेने रियराले नेपालमा लगानीको सम्भावना अत्यन्त आकर्षक रहेको बताउँदै व्यापारिक सहकार्य सशक्त बनाउन इच्छुक रहेको धारणा राखेकी छिन । उनीले पर्यटन, प्रविधि, कृषि, नवीकरणीय ऊर्जा र पूर्वाधारमा सम्भाव्यता रहेको उल्लेख गरेकी छिन ।
यस्तै उनले महासंघसंग हुने समझदारीले नेपाल र स्पेनबिचको निजी क्षेत्रीय समन्वय र विश्वासलाई नयाँ उचाइमा पुर्‍याउने धारणा राखिन ।  भेटका क्रममा दुवै पक्षले आपसी आर्थिक सम्बन्धलाई थप गहिरो बनाउन संयुक्त पहल आवश्यक रहेको र साझा कार्यक्रम तथा सहकार्यबाट व्यावसायिक समुदायहरू लाभान्वित हुनेमा विश्वास व्यक्त गरेका थिए ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi